×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सरकारी पुरस्कारले खेलाडीको मनोबल बढ्योः राखेप सचिव

२६ मंसिर २०७६

२६ मंसिर, काठमाडौँ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले इतिहासमै सबैभन्दा बढी पदक हासिल गर्नुलाई महत्वपूर्ण उपलब्धिको रुपमा लिनुपर्ने बताएका छन । बिहीबार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै सदस्य सचिव सिलवालले सरकारले खेलाडीहरुका लागि घोषणा गरेको पुरस्कारले खेलाडीहरुको बनोबल बढेको समेत बताए । त्यसैले खेलाडीहरुलाई एशियन, ओलम्पिक र विश्वकपको तयारीका लागि तयार गर्न सजिलो भएको समेत बताए। उनले सागका लागि चाहिने आवश्यक पूर्वाधारको निर्माणमा विशेष ध्यान दिंदा समयमै काम सम्पन्न गर्न सकिएको जानकारी समेत दिए ।

उनले आफुले साग सुरु हुनुभन्दा पहिला नै कम्तिमा पनि ५० स्वर्ण पदक जित्ने भन्दा नपत्याएको उल्लेख गर्दै अहिले प्रमाणित भएको बताए । विभन्नि २१ खेलको प्रशिक्षण विदेशमा गरिएकाले समेत परिणाम राम्रो आएको बताउँदै खेल क्षेत्रमा अझ बढी लगानी आवस्यक रहेको उनले बताउनुभयो । साग सकिएसँगै आफूहरुको अबको ध्यान १४औं साग प्रतियोगिता, ओलम्पिक गेम, एशियन गेम हुँदै विश्व कपसम्म रहेको बताए ।

Advertisement
Advertisement

Advertisement

उनले खेलकुद क्षेत्रको क्रमिक सुधार भएको बताउँदै खेललाई उत्पादनशील क्षेत्रको रुपमा अगाडी बढाउने प्रतिवद्धता समेत व्यक्त गरे । फुटबल, क्रिकेट तथा भलिबलमा निरन्तर लिग खेल खेलाउने बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनमा गण्डकी प्रदेशमा हुने समेत जानकारी उनले दिए । त्यस्तै अबको चार वर्ष भित्र ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने घोषणा समेत उनले गरे । उनले सागको सम्पूर्ण खर्च विवरण ९० दिन भित्र सार्वजनिक गर्ने प्रतिवद्धता जनाउँदै सागमा पदक जित्ने खेलाडीहरुलाई शुक्रबार बिहान ११ बजेदेखि दशरथ रंगशालाबाट नगरपरिक्रमा गराउने समेत बताए ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top