२६ मंसिर, लन्डन ।
मिस वर्ल्ड २०१९ को मल्टिमिडिया अवार्ड मिस नेपाल अनुष्का श्रेष्ठले जितेकी छिन् । बिहीबार घोषणा भएको प्रतियोगिताको सबटाइटल मल्टिमिडिया अवार्ड अनुष्काले आफ्नो पक्षमा पार्न सफल भएकी हुन् । अघिल्लो संस्करणमा पनि नेपालकी शृंखला खतिवडाले उक्त टाइटल जितेकी थिइन् ।
मल्टिमिडिया अवार्ड जितेपछि खुसी व्यक्त गर्दै अनुष्काले आफूलाई मत दिने सबैप्रति आभार व्यक्त गरेकी छन् । उनले आफुलाई नेपालको प्रतिनिधिको रुपमा देखाएको विश्वासलाई न्याय गर्ने बताएकी छिन् ।
लन्डन एक्सेल हलमा ताजका लागि शनिबार हुने ६९ औं मिस वल्र्ड प्रतियोगितामा एक सय ११ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गर्दै छन् । अनुष्का यसअघि नै हेड टू हेड च्यालेन्ज राउन्डमा इन्डोनेसियाकी सुन्दरीलाई जितेर टप ४० मा परिसकेकी छन् । यसबाहेक उनी ‘ब्युटी विथ अ पर्पोस’ को टप १० मा पनि परेकी छन् ।