नियम विपरीत दसगजा क्षेत्रमा भारतीय एसएसबीद्वारा पोष्ट स्थापना

नियम विपरीत दसगजा क्षेत्रमा भारतीय एसएसबीद्वारा पोष्ट स्थापना

२७ मंसिर, नवरपरासी । पश्चिम नवलपरासी जिल्लासँग सीमा जोडिएको दसगजा क्षेत्रमा भारतीय एसएसबीले नियम विपरीत पोष्ट स्थापना गरेको छ ।

नेपाल प्रवेश गर्ने विभिन्न नाकाका दसगजा क्षेत्रमै टाँसेर पोष्ट स्थापना गरेको पाइएको हो । पश्चिम नवलपरासी भारतको उत्तर प्रदेश र बिहारसँग सीमाना जोडिएको छ । सीमा क्षेत्र जिल्लाको पाल्हीनन्दन गाउँपालिका– ५ को चिमनटोलादेखि सुस्तासम्म छ । साढे २७ किलो मिटर लामो सीमा क्षेत्रका केही स्थानमा एसएसबीले दसगजाको जमिनमै पर्ने गरि पोष्ट निर्माण गरेको छ ।

प्रमुख जिल्ला अधिकरी शम्भुप्रसाद मरासिनीले केही स्थानमा एसएसबीले दसगजा क्षेत्रमा पर्ने गरी पोष्ट निर्माण गरेको बताए । सीमा क्षेत्रमा सशस्त्र प्रहरीका ३ वटा बिओपी कार्यालय मात्र छन् ।

भारततर्फ भने एसएसबीका १० बढी पोष्टहरु रहेका छन् । यसैबीच जिल्लास्थित सुरक्षा अधिकारीको संयुक्त अनुगमन टोलीले दसगजा क्षेत्रमा निर्माण गरिएका केही सीमा स्तम्भ (पिलर) हरुको रङ रोगन मेटिएको अवस्थामा छ भने केहीको नम्बरहरु मेटिएको पाइएको प्रमुख जिल्ला अधिकारी मरासिनीले जानकारी दिए ।

सीमा क्षेत्रमा १३ वटा प्रमुख र ३ वटा सहायक गरी १६ वटा सीमा स्तम्भहरु छन् । सीमा स्तम्भको मर्मत संभार दुवै देशले गर्नुपर्ने प्रावधान छ । सीमा स्तम्भका बारेमा पनि सम्बन्धित निकायमा जानकारी गराउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.