सिद्धबाबालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२७ मंसिर ७६, शुक्रबार
Share this
788shares

२७ मंसिर, विराटनगर । आफ्नै अनुयायीलाई जबरजस्ती करणी गरेको आरोप लागेका चताराधामका सिद्धबाबा कृष्णबहादुर गिरीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

Advertisement

शुक्रबार जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । दस दिनको म्याद मागेकोमा अदालतले तीन दिनमात्र दिएको सुनसरी प्रहरी प्रवक्ता विनोद शर्माले बताए ।

गिरीलाई यसअघि चार दिन र सात दिनको अनुमति लिइएको थियो । यससँगै अब तीन दिनभित्र प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने छ ।

Advertisement

गिरी भने अदालतले दिएको अनुमति अवधिभर अस्पतालमै बसेका छन् । उनलाई विराटनगर अस्पतालमा राखिएको छ । डाक्टरले मुटुमा समस्या रहेको भन्दै उनलाई आइसियुमा राखेको छ ।

एक अनुयायी महिलाले गत मंसिर ४ गते बलात्कार गरेको भन्दै महिला सुनसरी प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि गिरी अस्पताल भर्ना भएका थिए। सघन उपचार कक्षबाटै मंसिर १६ गते उनलाई पक्राउ गरेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top