हुरी र पानीले सुदूरपश्चिम महोत्सव प्रभावित

२६ मंसिर ७६, शुक्रबार

२७ मंसिर, धनगढी ।
शुक्रबार बिहानैदेखि वर्षासँगै आएको हावाहुरीका कारण सुदूरपश्चिम महोत्सव एक दिनका लागि स्थगित गरिएको छ ।

Advertisement

धनगढीमा मंसिर २२ गतेदेखि जारी सुदूरपश्चिम महोत्सवका सम्पूर्ण कार्यक्रम एक दिनका लागि स्थगीत गरिएको आयोजक कैलाली उद्योग वाणिज्य संघले आज विज्ञप्ती जारी गरि जानकारी गराएको छ ।

हुरी र पानीका कारण महोत्सवका कार्यक्रम सञ्चालन गर्न समस्या भएकोले एक दिनका लागि सबै कार्यक्रम स्थगीत गरिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Advertisement

हुरी र पानीले महोत्सवका स्टल, स्टेज लगायतमा क्षति पु¥याएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top