प्रहरीको निस्कृयताले हातहतियार तथा बिस्फोटका घटना बढेः प्रमुख सचेतक अरगरिया

२७ मंसिर ७६, शनिबार

२८ मंसिर, जनकपुरधाम ।
धनुषा क्षेत्र नम्बर २ का सांसद एवं समाजबादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले सखुवा महेन्द्रनगर बम बिस्फोटमा संलग्नलाई तत्कालै कारबाही गर्न माग गरेका छन्।

विकासको गतिमा लागेको मधेशलाई आपराधिक गतिविधि गराई मधेशलाई अशान्त बनाउन केही शक्ति लागेको टिप्पणी गर्दै प्रमुख सचेतक अरगरियाले बम बिस्फोट जस्ता जघन्य अपराधमा सक्रियलाई कानूनी दायरामा ल्याउन आग्रह गरे।

शुक्रवार राति बम बिस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको छ। मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रमुख सचेतक अरगरियाले भने, ुप्रदेश २ मा पछिल्लो समय आपराधिक गतिविधि बढेको छ।

Advertisement

प्रहरी प्रशासनका उच्च अधिकारीहरुको निस्कृयताका कारण हातहतियार तथा बम बिस्फोट जस्ता घटना बढेको छ।ु

छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय बासिन्दा ४५ वर्षीय राजेश साह र उनका २४ वर्षीय छोरा आनन्दको मृत्यु भएको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top