ट्रक र अटो एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गयो

२९ मंसिर ७६, सोमबार

३० मंसिर, धनकुटा ।
छथर जोरपाटी गाउँपालिका २ को फलैचामा आइतबार ट्रक र अटो एकआपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

Advertisement

ज्यान गुमाउनेमा धनकुटा नगरपालिका २ का अटोचालक २४ वर्षीय दशरथ पाख्रिन र छथर जोरपाटी गाउँपालिका १ का ४० वर्षीय साङ्गे शेर्पा रहेको सिधुवा प्रहरी चौकीका ट्राफिक प्रहरी जवान रामचन्द्र कटुवालले बताए । दुर्घटनामा घाइते भएका दुई जनाको धनकुटा अस्पतालमा उपचार भइरहेको छ ।

वसन्तपुरबाट धरानतर्फ जाँदै गरेको ट्रकले र हिलेबाट जोरपाटी बजारतर्फ आउँदै गरेको को २ ह ६६११ नम्बरको अटोलाई आइतबार दिउँसो १२ ठक्कर दिएको थियो ।

Advertisement

घटनालगत्तै ट्रक र ट्रक चालकलाई सिधुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि मृतकका आफन्त, स्थानीयवासी र अटो चालकहरुले जक्का जाम गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top