४ पौष, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सिंहदरबारमा बस्दैछ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्न लागेको बैठकमा संसदको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले बताइन् ।
बैठकमा प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी ओली भने उपस्थित हुने छैनन् । एपेन्डिसाइटिसको अपरेसनपछि प्रधानमन्त्री ओली बालुवाटार बाहिरका कार्यक्रममा सहभागी भएका छैनन् ।
स्वास्थ्यकै कारणले गर्दा प्रधानमन्त्री ओली नेकपा स्थायी कमिटी बैठकमा समेत उपस्थित भएका छैनन् । बैठकको अध्यक्षता उपनेता सुवास नेम्वाङले गर्नेछन् ।