भारतले कास्मिरमा मिसाइल लञ्चर राखेको पाकिस्तानको आरोप

४ पौष, एजेन्सी । पाकिस्तानले भारतले कास्मिरमा मिसाइल लञ्चर राखेको आरोप लगाउँदै संयुक्त राष्ट्रसंघलाई पत्र पठाएको छ ।

बिहीबार पाकिस्तानका पराष्ट्रमन्त्री शाह मोहम्मद कुरेसीले भारतको मिसाइलबारे विश्वलाई जानकारी गराउन संयुक्त राष्ट्रसंघलाई पत्र लेखेका हुन् ।

पत्रमा भारतले पाकिस्तानमाथि आक्रमण गर्न कस्मिरमा मानव अधिकार हनन गरी विश्वको ध्यान तान्न खोजेको उल्लेख गरिएको छ। कुरेशीले भारतमाथि आणविक मिसाइल राखेको आरोप लगाए पनि कुनै प्रमाण भने उल्लेख गरेका छैनन्।

Advertisement

यसबारे भारतको तर्फबाट कुनै प्रतिकृया भने आएको छैन। भारतले दक्षिण एसियामा पहिले नै तनाव भएको ठाउँमा झन् तनाव उत्पन्न गर्दै आएको भन्दै कुरेसीले भारतका गतिविधिबारे राष्ट्रसंघसँग प्रतिक्रिया मागेका छन्।

भारतले कस्मिरको विषेशाधिकार खोसेसँगै पाकिस्तानसँग उसको तनाव चुलिएको छ। लाइन अफ कन्ट्रोलमा पाकिस्तानी र भारतीय सेनाबीच बेलाबेलामा गोलाबारीसमेत भएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top