मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाको पहिचान अझै भएन

४ पुस ७६, शनिबार

५ पुस, काठमाडौं ।
मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाले अझै पनि आफ्नो पहिचान समाजलाई दिन सकेका छैनन्।

Advertisement

विश्वास नेपालले आयोजना गरेको रेष्टुराँ श्रमिक महिलाको हकहितका लागि हाम्रो आवाज पेशागत हिंसामुक्त समाज भन्ने कार्यक्रममा सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, प्रहरी, जनप्रतिनिधिलगायतले यो पेशामा संलग्नको आत्मसम्मान आवश्यक रहेको औंल्याएका छन्।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मानबहादुर बुढाले रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउनुपर्ने बनाए। ‘यौनसम्बन्धी कुरालाई कानूनी मान्यता दिएको छैन’, अधिकृत बुढाले भने।

Advertisement

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष प्रदीप डङ्गोलले हरेक व्यक्तिले अब आफूले गरेको कामले समाजमा कस्तो परिवर्तन आएको छ भन्ने कुरा बुझ्नुपर्ने बताए।

जिल्ला समन्वय समिति काठमाडौँका उपप्रमुख सरिता दाहालले समृद्ध नेपाल निर्माणका लागि पेशा र आयआर्जन क्षेत्रलाई उचित सम्मान हुनुपर्ने जानकारी दिए।

Advertisement

स्वतन्त्र सामाजिक परीक्षण बालमुकुन्द आचार्यले विभिन्न क्षेत्रमा काम गर्ने पेशागत श्रमिकको सम्मान हुनुपर्ने धारणा औँल्याए।

विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले महिला श्रमिकमाथि हुने शोषण अन्त्यका लागि सम्बद्ध पक्षहरुसँग सहकार्य गर्दै मर्यादितरुपमा काम गर्ने वातावरण निर्माण बनाउनुपर्ने धारणा राखे। (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top