×

NEPAL TIMES UPDATES

Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026

हिल्सा नाका सुनसान, चिसो छल्न सबै बेँसी झरेँ

८ पुष २०७६

८ पुस, हुम्ला ।

चिसो बढेपछि जिल्लाको उत्तरी क्षेत्रको हिल्सानाका सुनसान देखिन थालेको छ । नेपाल–चीन सीमाक्षेत्र हिल्सामा होटल तथा पसल व्यवसाय गर्दै आएका स्थानीयवासी बेँसी झरेपछि हिल्सानाका अहिले सुनसान बनेको हो ।

Advertisement
Advertisement

यहाँ मङ्सिरको अन्तिम सातादेखि भारी हिमपात र तापक्रम शुन्यमा झरेसँगै चिसो बढी हुने भएकाले कोही बस्न सक्दैनन् । सबै मानिस बेँसी झरेपछि यो क्षेत्रमा अहिले सुनसान छाएको छ ।

उत्तरी हिल्सानाका क्षेत्र आसपासमा अहिले चार फिट हिउँ जमेको छ । हिमपातले हिल्सानाका मात्रै नभएर जिल्लाको टाके, न्यारु, चुवाखोलालगायत उच्च हिमाली भेगमा रहेका सीमामा पर्ने नाकाका बाटाहरु हिउँले बन्द छन् ।

हुम्लीहरुको आयस्रोतको रूपमा हेरिने हिल्सानाका हिमपातले छ महिना बन्द र छ महिना सञ्चालनमा आउने गदर्छ । हुम्लीहरु वैशाखको अन्तिमदेखि काम र व्यापारका सिलसिलामा हिल्लानाका भएर चीनको ताक्लाका जाने गर्दछन् । हिल्सानाकामा यहाँका स्थानीयवासीले होटल, पसल व्यवसायसमेत गर्ने गर्दछन् । चीनको सीमानाका हिल्सामा मात्रै ४० होटल तथा पसल रहेको कैलाश होटलका सञ्चालक कार्मा तुन्डुप लामाले बताए ।

हिउँ पर्न थालेपछि होटल कुरुवा एक जना रहेको अन्य सबै कामदार र होटल मालिक कोही शहर त कोही बेँसीतिर झरेको उहाँले बताए । उनले भने,“बर्खाको सिजनमा होटल व्यवसायीबाट राम्रो आम्दानी हुने भएकाले जेठबाट यी होटल सञ्चालनमा आउने र मङ्सिरदेखि पुस पहिलो सातासम्म होटल बन्द गरेर बेँसी झर्ने गर्दछन् । ”

वैशाखको अन्तिम र जेठ पहिलो सातादेखि कैलाश मानसरोवर दर्शनका लागि जाने विदेशी तथा स्वदेशी पर्यटकको मुख्य बाटो पर्ने भएकाले पनि जेठदेखि असोजसम्म यहाँ रहेका होटल तथा पसल भरिभराउ हुने गर्दछन् ।

चिसो बढेपछि प्रहरी चौकी पनि सारियो
अत्यधिक हिमपात भएर चिसो बढी हुने भएकाले सिमानाकामा रहेका प्रहरी चौकी सदरमुकाम सिमकोट सारिएका छन् । सदरमुकाम सिमकोटभन्दा बढी हिमपात हुने भएकाले प्रहरी चौकीमा कार्यरत प्रहरीले चिसो खप्न नसकी वर्षेनी हिउँदको समय छ महिना सिमकोट सारिने गरेको जिल्ला प्रहरी कार्यलय हुम्लाका सूचना अधिकारी हरिहर खड्काले जानकारी दिए ।

यस्तै हिस्सामा रहेको भन्सार कार्यालयमा रहेका कर्मचारी पनि बेँसीतिर झरेका छन् । करीब आठ वर्षपछि हुम्लामा मङ्सिर महिनामै अत्यधिक हिमपात भएकाले जिल्लामा चिसो बढेको छ ।

पुस, माघ, फागुन तीन महिनामात्रै हिमपात हुने भएता पनि यो वर्ष मङ्सिरै भारी हिमपात हुँदा उत्तरी क्षेत्रका बस्तीको जनजीवन थप प्रभावित बनेको छ । यहाँ बिहान–बेलुका बढी चिसो हुनुका साथै तापक्रम माइनस १० डिग्रीमा झरेको छ ।

उत्तरी क्षेत्रमा रहेका तिल, जान, हल्जी, यारीमुचु, याङ्गारलगायतका बस्तीमा मानिसको बसोबास पातलिएको छ । उत्तरी क्षेत्रका मानिस प्रायःजसो हिउँदको समयमा चिसो छल्न र व्यापारको सिलसिलामा तराई–मधेस जाने गर्दछन् । तातो मौसम शुरु भएपछि जिल्ला भित्रने र छिमेकी राष्ट्र तिब्बतमा कामको सिलसिलामा जाने गर्दछन् ।

Advertisement

यस्तै जिल्लाको चङ्खेली गाउँपालिकाको टाकेनाकामा रहेको प्रहरी चौकी पनि चिसो बढेपछि बेँसीतिर झारिएको छ । जिल्लाका उच्च क्षेत्रमा रहेका व्यापारी नाकाबाट आयात हुने मदिराको आयात पनि यो वर्ष ठप्प रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ । रासस

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top