८ पौष, काठमाडौं । काठमाडौंको गुर्जुधारामा ट्रकको ठक्करले मोटरसाइकल चालक ४१ वर्षका अर्जुनबहादुर केसीको मृत्यु भएको छ ।
प्रदेश ३-०२-००९ प ७६२१ नम्बरको मोटरसाइकल चलाइरहेका केसीलाई मंगलबार बिहान नम्बर नखुलेको ट्रकले ठक्कर दिएको हो ।
पर्वत ठूलोपोखरी घर भएका भई हाल चन्द्रागिरी नगरपालिका वडा नम्बर ७ चेकपोस्ट बस्ने केसीको घटनास्थलमै मृत्यु भएको छ ।
केसी छोरालाई कलंकीस्थित एलआरआई स्कुलमा छाड्न जाँदै थिए । मोटरसाइकलको पछाडि बसेका उनका छोरा सामान्य घाइते छन् । केसीको शव अहिले सडकमै छ ।
स्थानीय बासिन्दा सडकमा भेला भएका छन् । प्रहरी बिहानै घटनास्थल पुगे पनि मोटरसाइकललाई ठक्कर दिएर भागेको ट्रकको भने खोजी कार्य जारी छ ।