वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकालको उम्मेदवारी घोषणा

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आगामी चैतमा हुने महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषण गरेका छन् । उनले बाग्लुङ उद्योग वाणिज्य संघको प्रस्तावमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । यसै विषयसँग सम्बन्धित रही नेपाल टाईम्सका काठमाडौ संवादाताले उपाध्यक्ष ढकालसँग गरेको कुराकानी प्रस्तुत गर्दछौँ ।

तपाईले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । तपाइको यो उम्मेदवारी किन ?
वास्तवमा उद्योग वाणिज्य महासंघको उपाध्यक्ष भइरहदा मैले विभिन्न जिल्लामा आयोजना हुने महोत्सवमा निरन्तर रुपमा सहभागिता जनाउँदै आएको छु । त्यसैले धेरै जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्ष र पदाधिकारीहरुको सुझाव र केन्द्रका साथिहरुको पनि सुझावका आधारमा मेरो उम्मेदवारी हो । तर औपचारीक रुपमा वाग्लुङ जिल्ला उद्योग वाणिज्य संघले प्रस्ताव राखेपछि मैले स्वीकार गरेको छु ।

तपाई महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभयो भने निजी क्षेत्रलाई अगाडी बढाउन के कस्ता कामहरु गर्ने योजना बनाउनु भएको छ ?
यहाँले धेरै महत्वपूर्ण कुरा उठाउनुभयो । उद्योग वाणिज्य महासंघ निजी क्षेत्रको छाता संगठनको रुपमा अगाडी बढेको देशकै सबैभन्दा ठुलो संगठन हो । यसमा हरेक जिल्लाका साना, मझौला तथा ठुला उद्योगी व्यवसायीहरु सहभागी हुनुहुन्छ । साना ठुला सबै उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्न सरकारका तर्फबाट नीतिगत सुधार गरी आर्थिक समृद्धिको लागी गर्नुपर्ने धेरै कामहरु छन । त्यसलाई व्यवहारमा उतार्नको लागि मैले काम गर्ने छु र महासंघको सबै टिमले त्यसमा संयुक्तरुपमा काम गर्ने छ भन्ने विश्वास समेत लिएको छु । महासंघमा वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिइरहदा पछिल्लो समय सर्वसम्मत रुपमा नेतृत्व चयन हुने अवस्था देखिएको छ यसले उदाउँदो निजी क्षेत्रको समस्या समाधान गर्नका लागि र सरकारसँग नीति निर्माणका लागि बलियो दवाव सिर्जना गर्ने आधार तयार हुनेछ भन्ने विश्वास मैले लिएको छु ।

Advertisement

नेपालले लामो समयपछि स्थायी प्रकृतिको सरकार पाएको छ त्यस्तै राजनीतिक स्थायित्व पनि भएको छ । अब आर्थिक क्रान्ती गर्ने बेला हो पनि भनिन्छ । यस्तो अवस्थामा तपाई निजी क्षेत्रको नेता तथा राष्ट्रिय स्तरको उद्योगी पनि हुनुहुन्छ । यसरी हेर्दा तपाईले नेपालमा लगानीको वातावरण कस्तो बन्दै गएको पाउनुभएको छ ?
अहिले नेपालको राजनीतिक संरचना परिवर्तन भइसकेपछी अधिकांश पुराना कानूनहरु परिवर्तन भएको अवस्था छ । तर कतिपय कानूनहरु अझैपनि परिवर्तन भएको छैन् । तीन तहका सरकार सञ्चालनमा आएका छन् । स्थानीय, प्रदेश तथा संघीय सरकारले लगानीलाई प्राथमिकता दिनुपर्छ भनेर विभिन्न गतिविधि अगाडी बढाइराखेका छन् । राजनीतिक दलहरुको इच्छा पनि त्यस्तै छ । तर कतिपय कार्यान्वयनको पक्ष अझैपनि परम्परागत रुपमा नै छ । तरपनि आउने दिनमा साँच्चै नै लगानीको वातावरण थप बढेर जानेछ भन्ने मलाई लागेको छ । अहिले प्रत्येक स्थानीय तह र प्रदेश सरकारहरुले लगानी बढाउनको लागि प्रतिस्प्रधात्मक गतिविधिहरु अगाडी बढाइ के के सुविधाहरु दिन सकिन्छ भनेर प्राथमिकताका साथ काम गरिराखेको देखिन्छ । अब सबै राजनीतिक दलहरु, सबै सरकारहरु, कर्मचारी लगायत सबै पक्षले साझा उद्देश्यका साथ लगानी अभिवृद्धिका गतिविधिलाई अगाडी लैजान सकेमा नेपालको आर्थिक विकास सम्भव छ ।

अहिले बाग्लुङ्मा लगानी सम्मेलन भएको छ । यहाँका स्थानीय उद्योगी व्यवसायीहरु तथा बाग्लुङबासीहरुले पनि तपाइहरुको लगानीको अपेक्षा यसक्षेत्रमा गरेका छन । तपाइको योजनामा तत्काल लगानी गर्ने कुनै परियोजना छ ?
अहिले लगानी सम्मेलनमा धेरै कुराहरु तथा जिज्ञासाहरु आएका छन् । म बाग्लुङ बासि भएको हिसाबले पनि के भन्न चाहन्छु भने हामीले बाग्लुङको शिक्षा, स्वास्थ्य, धार्मिक लगायत समाजिक कार्यहरुमा ठुलो लगानी गरिसकेका छौं । जस्तै बुर्तिबाँङदेखि लिएर अमलाचौर लगायतका ठाउँमा विभिन्न विद्यायल, स्वास्थ्यचौकी, मन्दीर लगायतमा लगानी गरेका छौं । यस बाहेक अन्य ठाउँमा पनि त्यत्तिकै लगानी गरेका छौं । जहाँसम्म यहाँले व्यवसायीक लगानीको आयोजनाको नाम नै तोक्न आग्रह गर्नुभयो म यसमा के भन्न चाहन्छु भने पछिल्लो समय चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आएकोबेला रात्री भोजमा सहभागी हुने अवसर मैले पनि पाएको थिएँ त्यसबेला उहाँले भनेको कुरा सम्झन चाहन्छु कि योजना बनाएपछि कार्यान्वयनमा लैजानु पर्छ त्यसैले मैले पनि योजना बनाएपछि कार्यान्वयनमा जानेगरी घोषणा गर्ने छु । यसको मतलब हामीले धेरै छलफल गरिरहेको अवस्थामा अहिले नै म यो गर्छु त्यो गर्छु भन्नु भन्दा पनि के गर्ने भनेर अन्तिम रुप दिएपछि परियोजना सार्वजनिक गर्ने छु ।

Advertisement
Advertisement

भर्खरको समाचार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

सम्बन्धित समाचार

Scroll to Top