अन्नबाली छाडेर केरा खेतीतर्फ आकर्षित भए कृषक

१२ पुस ७६, आइतबार

१३ पुस, काठमाडौँ । 

बाट मनग्य आम्दानी हुने भएपछि पाल्पाका कृषक व्यावसायिकरूपमा केराखेतीमा आकर्षित हुन थालेका छन् । बजारमा केराको माग बढ्न थालेपछि बाँझो रहेका जग्गा सदुपयोग हुने भन्दै यहाँका कृषकले व्यावसायिक तवरबाट केराखेती शुरु गरेका हुन् ।

रामपुर नगरपालिका–६ मैदानबारी बस्ने लोकनाथ ढकालले राम्रै अन्नबाली उत्पादन हुने जग्गामा केरा लगाएका छन् । उनले डेढ वर्षअघिदेखि व्यावसायिक तरिकाले केरा लगाएका हुन् । राम्रै धान उत्पादन हुने करीब नौ रोपनी जग्गामा उनले मालभोग, जिनाइन र उइलियम जातको ९०० बोट केरा लगाएका छन् । यो वर्ष कृषि शाखाबाट अनुदानमा ५०० बोट केरा लगाएको ढकालले जानकारी दिए । “रामपुरमा बाहिरबाट ठूलो परिमाणमा केरा भित्रिएको छ, यहाँको उत्पादन नहुँदा बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ, यो देखेर अन्नबाली राम्रै उब्जनी हुने जग्गामा केरा लगाउन थालेको छु”, उनले भने ।

नगरपालिका–५ बस्ने सोमबहादुर सेनले एक हजार ५०० बिरुवा केरा लगाएका छन् । खाली रहेको जग्गा सदुपयोग गर्दै तीन वर्षअघिदेखि व्यावसायिकरूपमा केरा लगाउन थालेको उनले बताए । सेनले २० रोपनी क्षेत्रफलमा केरा लगाएका छन् । यो वर्ष पनि विस्तार गर्ने उनको योजना छ । “जग्गा सुदपयोगमा आउने, आम्दानी पनि हुने हुँदा बाँझै रहेका जग्गामा केरा लगाएको छु, उत्पादन विस्तारै हुन थालेको छ, केराखेतीका लागि चितवन, बुटवललगायतका क्षेत्रमा पुगेर अध्ययन गरेर आएको छु, अझ व्यवसाय बढाउँदै जानेछु”, उनले भने ।

धान, मकैजस्ता अन्नबालीको तुलनामा केराबाट राम्रो आम्दानी लिन सकिने कृषक बताउँछन् । नगरपालिका क्षेत्रमा करीब ५०० रोपनी क्षेत्रफलमा केराखेती गरिएको छ । व्यावसायिकरूपमा यहाँका २५ कृषकले केरा लगाएका छन् । नगरपालिका–३ को रजघरा, ५ को गौडाहान, ६ को मैदानबारी क्षेत्रमा व्यावसायिकरूपमा कृषकले केराखेती शुरु गरेका छन् । व्यावसायिकताको हिसाबले एक कृषकले कम्तीमा चार रोपनी क्षेत्रफलमा २०० बोटदेखि बढीमा २० रोपनी क्षेत्रफलमा एक हजार ५०० बोटसम्म केरा लगाएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिए । उनका अनुसार शाखाले यस वर्ष आठ हजार ५०० र गत वर्ष तीन हजार ५०० केराका बिरुवा कृषकलाई अनुदानमा वितरण गरेको छ ।

“रामपुर क्षेत्रले जिल्लाकै केराखेतीका लागि सम्भावना बोकेको छ, बिक्रीका लागि बजार सहज, भौगोलिक भू–बनोट मिलेको हुँदा केरा लगाएर कृषकले मनग्य आम्दानी गर्न सक्छन्”, उनले भने। कृषि शखाले कृषकलाई पूर्ण ढुवानी अनुदानसहित तन्तु प्रजननबाट उत्पादित गरिएको बिरुवा ५० प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आइरहेको छ । यो क्षेत्रका लागि उत्तम मानिएको जीनाइन, उइलियम हाइब्रिड, रगुस्ता, मालभोग जातको केरा कृषकले लगाएका छन् ।

फालिएका जग्गा सदुपयोगमा आउने हुँदा पनि पछिल्लो समय कृषकले व्यावसायिक तवरबाट केरा लगाउन थालेका हुन् । कृषि शाखाले केराखेती सम्बन्धमा स्थलगतरूपमा प्राविधिक सेवा दिन थालेपछि कृषकले व्यवसाय बढाउँदै गएका छन् । कृषि र पर्यटनको नारा बोकेको नगरपालिका–६ ले फलफूलमा केराखेतीलाई प्राथमिकता दिएको छ । यस वडालाई आलु पकेट क्षेत्रसँगै अब केराको पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको नगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष हुमनाथ न्यौपाने बताउँछन् ।

“तरकारीमा आलु, फलफूलमा केरा, मासुजन्यमा बाख्रा, किराजन्यमा मौरीपालन कार्यक्रमलाई अगाडि सारेका छौँ, केरा पकेट विस्तारका लागि यो वर्ष प्रस्तावना बनाएर काम गर्ने योजना छ”, उनले भने । कृषि ज्ञानकेन्द्र पाल्पाले केरा क्षेत्र विस्तार प्रोत्साहन अनुदान कार्यक्रम यो वर्ष जिल्लामा सञ्चालन गर्दैछ । यस वर्ष कम्तीमा २० रोपनीदेखि १०० रोपनी क्षेत्र विस्तार गर्ने लक्ष्य रहेको ज्ञान केन्द्रका प्रमुख शिव अर्यालले बताए ।

प्रदेशबाट केरा क्षेत्र विस्तार प्रोत्साहन अनुदान कार्यक्रमका लागि ज्ञान केन्द्रलाई रु पाँच लाख रकम प्राप्त भएको उनले बताए । “कम्तीमा २० रोपनीको क्लष्टरमा केरा लगाएको हुनुपर्ने, एउटा बगैँचा कम्तीमा पाँच रोपनी र एक क्लष्टरभित्र २० रोपनी हुनुपर्नेछ, जग्गा भाडामा कम्तीमा १० वर्षसम्म सम्झौता भएको, बाँझो रहेको खेतीयोग्य जग्गामा खेती गर्नेलाई प्राथमिकता दिइनेछ”, उनले भने ।

केराको जात, रेखाङ्कन, खाडलको तयारी, मलखाद व्यवस्थापन, बगैँचा व्यवस्थापन प्राविधिक मापदण्डअनुसारको हुनुपर्नेछ । सिँचाइ सामग्री खरीदका लागि झार गोड्ने औजार उपकरण, विषादी छर्कने स्प्रेयर, बिरुवा रोप्नका लागि रेखाङ्कन, खाडलको तयारी र मलखादका लागि बिरुवा खरीद र बिरुवा ढुवानीका लागि निलकाँडा, बास र असुरोको छेकबार बनाउनुपर्नेछ । अन्तरबाली खेती गरेको अवस्थामा आवश्यक मलखाद, बेर्ना, विषादी पनि दिन सकिने ज्ञान केन्द्रले जनाएको छ ।रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top