पुस २३ देखि राष्ट्रिय खुला महिला भलिबल हुने

१३ पुस ७६, सोमबार

१३ पुस, काठमाडौँ ।
तेस्रो संस्करणको न्यु डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता पुस तेस्रो साताबाट हुने भएको छ । आइतबार आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लबले पत्रकार सम्मेलन गरेर प्रतियोगिता पुस २३ बाट २६ गतेसम्म काठमाडौको नयाँ वसपार्क स्थित ढोरपान स्पोर्टस क्लबको मैदानमा आयोजना हुने जानकारी गराएको हो ।

होङ्गवान्जी बौद्ध समाजको मुख्य प्रायोजन हुने प्रतियोगितामा ६ देखि ८ टोलीको सहभागिता रहने प्रतियोगिताका संयोजक कुमार राईले पत्रकार सम्मेलनमा जानकारी दिए । पहिलो संस्करण शिवम् सिमेन्टको मुख्य प्रायोजनमा तथा दोस्रो संस्करण होङ्गग्वान्जी बौद्ध समाजको मुख्य प्रायोजनमा सम्पन्न भएको प्रतियोगिताको तेस्रो संस्करण चार दिन सम्म सञ्चालन हुनेछ ।

आयोजकले तेस्रो संस्करण पुरस्कार राशिमा बृद्धि गराएको छ । लिगकम नकआउट प्रणालिमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ४ लाख १ सय १ रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले ३ लाख रुपैयाँ, तेस्रो हुनेले १ लाख ५१ हजार १ सय १ रुपैयाँ तथा चौंथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७÷७ हजार १ सय रुपैयाँबाट प्राप्त गर्नेछन् भने यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Advertisement

२६ लाख अनुमानित खर्च लाग्ने प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल र नेपाल भलिबल संघको अध्यक्ष मनोरञ्जन रमण शर्माले सहयोग गर्ने प्रतिबद्धता जनाए । यस अघि आयोजना भएको पहिलो संस्करणमा आयोजक न्यु डायमन्ड एकेडेमी तथा दोस्रो संस्करणमा विभागीय नेपाल एपीएफ क्लबले उपाधि जितेको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top