उदित नारायणको नयाँ गीत ‘कहिले माया’ सार्वजनिक(भिडियो)

१३ पुस ७६, सोमबार

१३ पुस, काठमाडौँ ।
नेपाली तथा भारतीय गीत सङ्गीतमा चर्चाको शिखरमा रहेका गायक उदित नारायण झाको नयाँ गीत सार्वजनिक भएको छ । झाको ‘कहिले माया’ बोलको गीत सार्वजनिक भएको हो । उनले लामो समयपछि नेपाली गीतमा स्वर दिएका हुन् ।

Advertisement

रोमान्टिक जनरामा बनेको गीतमा साजन कट्टेल र मिनाक्षी महत्रा फिचर्ड छन् । सिम्मान चौलागाईंले निर्माण गरेको म्युजिक भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् ।

वद्या प्रसाद घिमिरेको शब्द रहेको गीतमा मनोज सिंहले शब्द भरेका छन् । राम कुमार केसीले खिचेको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top