अनाथालयलाई चिनियाँ नागरिकले गरे सहयोग

अनाथालयलाई चिनियाँ नागरिकले गरे सहयोग

१३ पुस, काठमाडौँ ।
नख्खुमा रहेको असहाय तथा अनाथ बालबालिका संरक्षण फाउण्डेशन नेपाललाई सहयोग हस्तान्तरण गरिएको छ । १८ वर्षदेखि अनाथ तथा असहाय बालबालिकाहरुलाई संरक्षण गर्दै आइरहेको उक्त फाउण्डेशनलाई चिनियाँ नागरिकले सहयोग हस्तान्तरण गरेका हुन् ।

अनाथालयका संचालक तथा पर्यटन व्यवसायी लिलाधर भण्डारीले पर्यटनको माध्यमबाट अनाथालयका लागि सहयोग संकलन गरेर ४०, ४५ बालबालिकाको हेरचाह र शिक्षा दिक्षा दिइरहेको बताए । पहिलो पटक २ वर्ष अघि अनाथालयमा आएका चिनियाँ नागरिकहरुले अहिले प्रत्येक ६—६ महिनामा सहयोग गरिरहेको उनको भनाई छ । अहिले सम्म सरकारबाट कुनै पनि अनाथालयहरुले कुनै सहयोग नपाएको उनले बताए । आफु ट्राभल व्यवसायी भएकाले पनि नेपालमा आउने पर्यटकहरुलाई अनाथालय भिजिट गराउने गरेको उनले बताए ।

केन्द्रीय बाल कल्याण समिति, जिल्ला बाल कल्याण समिति र जिल्ला प्रशासन कार्यालयबाट सिफरिस भएर आएका बालबालिकाहरुलाई अनाथालयले संरक्षण दिँदै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.