सीमा विवादका लागि सरकारले चाँडै मिति तोक्ने

सीमा विवादका लागि सरकारले चाँडै मिति तोक्ने

१४ पुस, काठमाडौँ ।
परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञावालीले भारतसँगको सीमा समस्या समाधानका लागि बार्ता गर्न सरकारले मिति तोक्न लागेको बताएका छन् । मन्त्रालयले सिंहदरबारमा आयोजना गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्री ज्ञवालीले सीमा समस्या सभाधानका लागि भारतसँग बैठक बस्न नयाँ मिति तोक्न लागेको जानकारी दिएका हुन् ।

उनले नोभेम्बर २३ मा औपचारीक पत्र पठाई बैठक बस्न मिति दिएकोमा भारतले समस्याको अनुभुति र समाधानको तत्परता सहित जवाफ पठाएको भन्दै अब सरकारले नयाँ मिति तोक्न गृहकार्य सुरु गरेको जानकारी दिए ।

मन्त्री ज्ञवालीले सीमा विवादलाई लिएर दुई देशबीचको सम्बन्ध बिग्रिएको भन्ने बुझ्न नहुने समेत बताए । उनले सीमा विवाद कुटनीतिक तरिकाले समाधान गर्न भारत तत्पर रहेको समेत बताए । त्यस्तै मन्त्री ज्ञवाालीले आर्थिक वर्ष २०७५/०७६ मा सरकारले दुवै छिमेकीहरुसँग सार्थक आर्थिक साझेदारीमा आधारित सम्बन्धलाई विकास गर्न र विश्वासको बलियो जग स्थापित गर्न सफल भएको बताए ।

उनले नेपालको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल सुखी नेपाली’लाई पूरा गर्न सरकार अनुकुल अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण गर्न सफल भएको समेत बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.