नागरिकताका लागि ज्ञापनपत्र

नागरिकताका लागि ज्ञापनपत्र

विराटनगर, फागुन २८
जन्मको आधारमा नागरिकता पाएका आमाबाबुका सन्तानले बंशजको आधारमा नागरिकता पाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाईएको छ ।

नागरिकता पिडित संघर्ष समितिले दुइ सुत्रिय माग राख्दै मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

संघर्ष समितिका अध्यक्ष इसान खानले संविधानले सवै नेपाली नागरिकलाइ नागरिकता दिनबाट बञ्चीत नगरेपनि सरकारी निकायले नागरिकता लिनबाट बञ्चीत गराउँदै आएको आरोप लगाएका छन् ।

उनले जन्मशिद्ध आधारमा नागरिकता पाएका आमाबाबुकाम सन्तानले बंशजको आधारमा नागरिकता पाउनुपर्ने र दोहोरो नागरिकता लिएका व्यक्तिहरुको नागरिकता खारेज गरिनुपर्ने बताए । उनका अनुसार मोरङमा मात्र झण्डै ३ लाखको हाराहारी संख्यमा नागरिकता विहिन व्यक्तिहरु छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.