१७ पुस, दाङ ।
प्रहरीले दाङको घोराहीबाट १३ लाख रुपैयाँ फिरौती रकम माग्ने एक युवकलाई पक्राउ गरेको छ ।
बुधबार बेलुकी पेस्तोलसहित उनी पक्राउ परेका हुन् । रोल्पाको परिवर्तन गाउँपालिका वडा नं ५ राङकोटका ३४ वर्षे राजकुमार दमाइलाई एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली एक थान र एउटा मोटरसाइकलसहित केहिबेर अघी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
राजकुमारले एक हप्ताअघि घोराही बिपी चोकका एक ब्यक्तिसँग १३ लाख फिरौती मागेको र आज ३ लाख रुपैया दिँदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
आफूलाई फिरौती रकम मागेको जानकारी ती व्यक्तिले प्रहरीलाई गराएका थिए । फिरौती रकम बापत ३ लाख नक्कली रुपैयाँ बुधवार दिने भनि राजकुमारलाई लिन आएको अवस्थामा प्रहरीले जनाएको छ । को सँग फिरौती रकम मागिएको हो भन्ने बारे प्रहरीले खुलाएको छैन ।