२ खेल मात्रै जिते इंग्लिस प्रिमियर लिगको उपाधी म्यानचेस्टरको हातमा

२९ फागुन ७४, मंगलबार
Share this
846shares

विराटनगर, फागुन २९
इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राती भएको खेलमा म्यान्चेष्टर सिटी २–० गोल अन्तरले विजयी भएको छ । डेविड सिल्भाले मात्र दुई गोल गरेपछि सिटीले स्टोकलाई २–० ले पराजित गरेको हो ।

Advertisement

स्टोक सिटीको मैदानमा भएको खेलमा जित हात पार्दै म्यान्चेष्टर सिटीले लिग तालिकामा १६ अंकको अग्रता लिएको छ । १० औं मिनेटमा रहिम स्टर्लिङको पासमा गोल गर्दै सिल्भाले सिटीलाई सुरुवाति अग्रता दिलाएका थिए ।

खेलको ५० औं मिनेटमा ग्याब्रियल जेससको पासमा सिल्भाले ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–० को जित दिलाए । यो जितसँगै सिटी उपाधि नजिक पुगेको छ । सिटीले ३० खेलबाट ८१ अंक बनाएको छ । दोस्रो स्थानको म्यान्चेष्टर युनाइटेडको समान खेलमा ६५ अंक छ ।

Advertisement

प्रिमियर लिगमा अब सिटीले एभर्टनसँग खेल्नेछ । त्यसपछि डिर्बी म्याचमा युनाइटेडविरुद्ध खेल्नेछ । एभर्टनलाई जितेको खण्डमा सिटीले डर्बी म्याचमा नै उपाधि जित्ने मौका रहनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top