×

NEPAL TIMES UPDATES

Playing
देउवा, प्रचण्ड र ओलीमा सबैभन्दा धनी को छ ?|| Nepal Times
Mar 29, 2026
Playing
ओली र लेखकलाई हिरासतमुक्त गर्न अदालतले मानेन,५ दिन हिरासत|| Nepal Times
Mar 29, 2026
Playing
बालेनले हेटांैडा उद्योगलाई वाइवाइ जस्तै कसरी चलाउलान् ? || Nepal Times
Mar 29, 2026
Playing
ओलीलाई आधा दर्जन रोग, अदालतले पनि भन्यो उपचार गराउनु|| Nepal Times
Mar 29, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-15-2082 || Nepal Times
Mar 29, 2026
Playing
युद्धमा हुथीको प्रवेशपछि के हुन्छ? होर्मुजमा ट्रम्पको धैर्यको बाँध फुट्दै || Nepal Times
Mar 29, 2026
Playing
एमालेका कार्यकर्ता र प्रहरीबीच झ ड प, प्रहरीमाथि ढुंगा हानेपछि लाठीचार्ज || Nepal Times
Mar 29, 2026
Playing
पहिलो दिनमै आशाको संचार गराएको बालेन सरकार || Nepal Times
Mar 29, 2026
Playing
सयौँ अमेरिकी सैनिक घा इते, अब बहुमुखी यु द्ध, इजरेलको नयाँ ध म्की || Nepal Times
Mar 29, 2026
Playing
ठूला नेता जोडिएका नेपालका भ्रष्टाचार काण्ड,जुन बालेनले खोल्नेछन् |BALEN GOVERNMENT| ACTION
Mar 29, 2026

धान उत्पादनमा गिरावटले अर्थतन्त्र प्रभावित

१९ पुष २०७६

१९ पुस, काठमाडौँ ।

 नेपालको प्रमुख अन्नबाली धान उत्पादनमा यस वर्ष भारी गिरावट आउँदा यसले राष्ट्रिय अर्थतन्त्रमा नै नराम्रो धक्का पुग्ने देखिन्छ । धानको उत्पादन घटेकाले कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा समेत असर पर्ने भएकाले अर्थतन्त्रमा धक्का पुग्ने विज्ञहरुको धारणा रहेको छ ।

Advertisement

गत वर्ष कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ दशमलव पाँच नौ प्रतिशत थियो । आर्थिक सर्वेक्षण २०७५-७६ मा भने कूल कृषि क्षेत्र (कृषि, वन तथा मत्स्यपालन) को योगदान २६ दशमलव नौ आठ प्रतिशत पुग्ने अनुमान थियो ।

कृषि क्षेत्रको प्रमुख खाद्यान्न बाली धान उत्पादनले कूल गार्हस्थ्य उत्पादनमा १२ प्रतिशत हिस्सा ओगटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष गत वर्षभन्दा एक दशमलव शून्य पाँच प्रतिशतले धान उत्पादनमा गिरावट आएको जनाएको छ ।

मन्त्रालयका अनुसार उत्पादन घट्नुमा समयमा वर्षा नहुनु, खेतीयोग्य जमिन खण्डीकरण हुँदै जानु, तराई क्षेत्रमा डुबान हुनु, पर्याप्त मात्रमा सिँचाइ सुविधा नपुग्नु र युवा वर्ग खेती किसानी कार्यबाट पलायन हुनुलाई जनाएको छ ।

गत आर्थिक वर्षमा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष भने सो उत्पादनमा एक दशमलव शून्य पाँच प्रतिशतले उत्पादन घट्न गई ५५ लाख ५१ हजार मेट्रिक टनमा सीमित हुन पुग्यो ।

यसका कारण ५९ लाख मेट्रिक टन धान उत्पादन घटेको भए पनि जनसङ्ख्या भने बढ्दै गएको छ । विसं २०६८ सालको जनगणनालाई आधार मान्दा नेपालीका लागि झण्डै ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ ।

कृषि गणना २०६८ ले नेपालको कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३२ प्रतिशत रहेको उल्लेख छ ।

त्यसमा धानको योगदान १२ प्रतिशत छ । नेपालको प्रमुख खाद्यन्न बाली धान भएपनि गत वर्ष लगभग रु २८ अर्बको चामल आयात गरेको थियो । नेपालमा चैते, बर्खे र घँैया धानको खेती हुँदै आएको छ ।

आव २०६०÷६१ देखि २०७४/७५ सम्मको तथ्याङ्कलाई केलाउँदा नेपालमा धानको उत्पादन बढ्नु र घट्नुमा मौसम मुख्य कारक देखिन्छ । मौसम अनुकूल भएको वर्ष धानको उत्पादन बढेको देखिन्छ भने मौसम प्रतिकूल भएमा धानको उत्पादन घटेको छ ।

नेपालमा कूल खेतीयोग्य जमिन ३० लाख ९१ हजार हेक्टर छ । एक हेक्टर जमिन भनेको २० रोपनी हो । कूल खेतीयोग्य जमिनमध्ये लगभग ५० प्रतिशत जमिनमा धान खेती हुन्छ । अधिकांश जमिन आकासे सिँचाइमा निर्भर छ ।

धान लगाउने मौसम (असार–साउन)मा वर्षा भएन भने सिफारिस भए जति जमिनमा धान रोपाइँ हुन सक्दैन ।

नेपालमा २०६०-६१ देखि २०७४-७५ अर्थात् १५ वर्षमा सबैभन्दा धेरै धान खेती भएको वर्ष २०६०-६१ साल हो । सो वर्ष १५ लाख ५९ हजार ४३६ हेक्टर जमिनमा धान खेती भएको थियो । उक्त वर्ष ४४ लाख ५५ हजार ७७२ मेट्रिक टन धान फलेको थियो ।

त्यसैगरी, त्यसको ११ वर्षपछि सबैभन्दा कम २०७२/७३ मा १३ लाख ६२ हजार ९०८ हेक्टर जमिनमा धान खेती भएको थियो । सो वर्ष ४२ लाख ९९ हजार ७८ मेट्रिक टन धान उत्पादन भएको थियो ।

पन्ध्र वर्षको अवधिमा सबैभन्दा धेरै धान फलेको वर्ष २०७३/७४ साल हो । उक्त वर्ष ५२ लाख ३० हजार ३२७ मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रत्येक वर्ष धान खेती गर्ने जमिन घटिरेहेको छ । आव २०६०/६१ मा १५ लाख ५९ हजार ४३६ हेक्टरमा धान खेती भएको थियो । पन्ध्र वर्षपछि २०७४÷७५ मा १४ लाख ६९ हजार ५४५ हेक्टर जमिनमा सीमित हुन पुग्यो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कले धान खेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको देखाएको छ । कृषि विभागको तथ्याङ्कअनुसार १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ ।

वरिष्ठ धान विशेषज्ञ भोलामान सिंह बस्नेतका अनुसार नेपालीलाई लगभग वार्षिक ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ ।

संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर हो भने सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो । झापा जिल्लालाई सरकारले धान उत्पादनको ‘सुपर जोन’ घोषणा गरी लागू गरेको छ ।

हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालका सबै जिल्लामा धान रोपाइँ हुन्छ । विगत १५ वर्षदेखिको तथ्याङ्कलाई विश्लेषण गर्दा धानको उत्पादन सन्तोषजनक छैन ।

Advertisement

सरकारले आगामी पाँच वर्षभित्र धानको उत्पादन दोब्बरले वृद्धि गर्ने घोषणा गरेको छ । आगामी पाँच वर्ष अर्थात् विसं २०७८÷७९ मा नेपालले एक करोड चार लाख मेट्रिक टन धान उत्पादन गर्नुपर्छ । रासस

भर्खरको समाचार

कायापलट गर्ने बालेन सरकारका १०० सुधारका कार्यसूचीमा के छन् ?

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने

658221545_939344932018858_359187294629822060_n

ओली–लेखकलाई के सजाय हुनसक्छ? खापुङ किन पक्राउ परेनन् ?

656970025_939426805344004_8432959326432520788_n

अमेरिकाविरुद्ध धेरै विकल्पहरू बाँकी रहेको इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

शंखनाद र स्वस्ति बाचनसंगै लिए बालेनले प्रधानमन्त्रीको सपथ

658855684_938633488756669_1735845216725342594_n

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

सम्बन्धित खबरहरु

Scroll to Top