अधिवेशनको २ वर्षपछि उपसभापति र सहसचिव मनोनित

२९ फागुन ७४, मंगलबार

पाँचथर, फागुन २९
नेपाली कांग्रेस जिल्ला कार्य समिति पाँचथरले अधिवेशन भएको २ वर्षपछि पार्टीको उपसभापति र सहसचिवमा दुईजनालाई मनोनीत गरेको छ ।

Advertisement

पार्टिको फिदिममा सम्पन्न जिल्ला कार्य समिति बैठकले उपसभापतिमा पाँचथर उद्योग बाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफ्ले र सहसचिवमा गैरसरकारी संस्था महासंघ पाँचथरका अध्यक्ष बालकृष्ण ओझालाई मनोनीत गरेको हो ।

२०७२ साल फागुनमा जिल्ला अधिबेशन सम्पन्न गरेको पाँचथर कांग्रेसले हालसम्म उपसभापति र सहसचिव मनोनीत गर्न सकेको थिएन । यसैबीच कांग्रेसको सोही बैठकले ३ सदस्यीय अनुशासन समिति पनि गठन गरेको छ । समितिको सदस्यमा हंसराज राई र नारायण कोइराला मनोनीत भएको पार्टी सभापति नरेन्द्रकुमार केरुङले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top