पेटभित्र राखी हिरा तस्करी

२० पुस ७६, आइतबार
Share this
751shares

२० पुस, काठमाडौं ।
हिरालाई क्याप्सुलमा पोको पारेर पेटभित्र राखी तस्करी गर्न खोज्ने एकजना भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

Advertisement

मलेसियाबाट आएकोनेपाल एयरलायन्सको आरए ०४१६ विमानकायात्रु भारतीय नागरिक मोहम्मद माइदिन सत्थालीलाई प्रहरीले पेटभित्र क्याप्सुल बनाएर हिरा तस्करी गरेको आरोपमा पक्राउ गरेको हो।

विमानस्थलमा तैनाथ प्रहरीले सत्थालीलाईचेक गर्दा शंकास्पद गतिविधि देखाएपछि उनीमाथि शंका गरिएको थियो। शंका लागेपछि प्रहरीलेउनलाई सिनामंगलस्थित कान्तिपुर मेडिकल कलेजमा लगेर चेक गराएको थियो।

Advertisement

मेडिकल टेस्ट गराउँदा सत्थालीले क्याप्सुल बनाएर पेटभित्र २ सय ग्राम हिरा राखेको देखिएको थियो। यस्तै, प्रहरीले सारजाहबाट आएको जी९०५९ विमानका यात्रु भारतीय नागरिक कोत्ताकुथ किजाकेइथिल नौसादको साथबाट ५ सय ग्राम सुन पनि बरामद गरेको छ।

प्रहरीले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top