दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(ह्याकर समातिए)
सिस्टम ह्याक गरेर कृषि विकास बैंकको झन्डै पाँच करोड रूपैयाँ लुट्ने गिरोहका दीपक नेपाल काठमाडौंबाट पक्राउ /गोल्फुटार शाखामा ९ लाख रुपैयाँको चेक साट्न लागिरहेका बेला पक्राउ गरिएको प्रहरीको भनाई ।

२.(अपराधीका जुक्ति)
मलद्वारमा हिरा र सुन लुकाएर ल्याउने दुई भारतीय नागरिक अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ /क्वालालम्पुरबाट भिन्दाभिन्दै विमानमा आएका दुईजनाबाट २ सय २२ ग्राम हिरा र पाँच सय ९२ ग्राम सुन बरामद ।

३.(मनोनयन दर्ता)
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज सातै प्रदेशमा रहेका निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारद्वारा मनोनयन दर्ता /राष्ट्रियसभाको रिक्त १८ पदका लगि आगामी माघ ९ गते निर्वाचन हुँदै ।

४.(धकेलियो बैठक)
नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक माघ १५ गते सम्मका लागि स्थगित /राष्ट्रियसभाको निर्वाचनका लागि तयारी गर्नुपर्ने भएकाले केन्द्रीय समिति बैठकको मिति सारिएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईको भनाई ।

५.(उत्तरी दौडाहा)
गृहमन्त्री रामबहादुर थापा छ दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान /भ्रमणको क्रममा थापाले जनसुरक्षा मन्त्री, उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट गर्ने ।

६.(एक काम दुई पन्थ)
नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन पर्यटनमन्त्री योगेशकुमार भट्टराई अष्ट्रेलिया प्रस्थान /अष्ट्रेलियाबाट वार्षिक नेपाल भित्रिने ३३ हजार पर्यटकको संख्या दोब्बर बनाउने सरकारको लक्ष्य ।

७.(निरालालाई क्लिन चिट)
संघीय संसदको संसदीय सुनुवाई समितिद्वारा लक्ष्मीबहादुर निरालाको नाम न्याय परिषद् सदस्यमा सर्वसम्मतले अनुमोदन / निष्ठापूर्वका साथ काम गर्ने निरालाको प्रतिवद्धता ।

८.(आमाबुवाका लागि)
कुल आम्दानीको १० प्रतिशत रकम आमाबुवाको खातामा जम्मा गर्नुपर्ने प्रावधान हटाएर जेष्ठ नागरिक विधेयक संसदीय समितिबाट पारित /ज्येष्ठ नागरिकको जीवनयापनमा समस्या देखिए आवश्यक रकम सन्तानबाट उपलब्ध गराउन सक्ने ।

९.(बजेट खर्चका कुरा)
कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा २ प्रतिशतभन्दा कम बजेट खर्च भएको नेकपाका नेता दिनानाथ शर्माको भनाई /विधिअनुसार विनियोजन नभएको, आवधिक योजना नबनाएरै काम गरेकाले खर्च भएको मन्त्रालयको जवाफ ।

१०.(कस्ता शिक्षक)
रूपन्देहीको एक बोर्डिङ स्कुलका शिक्षकबाट कक्षा ५ मा अध्ययरत तौफिक धुनिया गृहकार्य नगरेको भन्दै निर्घात कुटिए/ कुटाइबाट विद्यार्थीको बाँया आँखामा गम्भीर चोट /विद्यार्थीमाथि कुटपिट नभएको स्कुलको दाबी ।

११.(चिनियाँको सुनुवाईं)
पुस ७ गते काठमाडौबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई अभद्र व्यवहार गरेको कसुरमा अनुसन्धान सकेर प्रहरीले जिल्ला प्रशासन कार्यालयलाई बुझायो / थुनछेक बहस जारी ।

१२.(रेल कुदाउने योजना)
मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौँडा–भरतपुर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको रेल विभाग र परामर्शदाता बीच सम्झौता/ पन्ध्र महिनाभित्रमा डिपिआर सम्पन्न गर्नेगरी परामर्शदातासँग सम्झौता गरिएको विभागको भनाई ।

१३.(प्रहरीमुक्त विश्वविद्यालय)
विद्यार्थीको आन्दोलनपछि त्रिविको हाताभित्र रहेको प्रहरी चौकी हटाइने/ सहमति पत्रमा निर्देशनालयका कार्यकारी निर्देशन गंगाबहादुर थापा मगर र नेविसंघका त्रिवि समिति सचिव योगन्द्र रावलद्वारा हस्ताक्षर ।

१४.(ए डिभिजन)
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत पाँचौ चरणका खेलहरु सोमबारदेखि हुने / सोमवार हुने खेलमा न्यूरोड टिम एनआरटीले जावलाखेल युथ क्लबसँग र मनाङ्ग मस्र्याङ्दीले मच्छिन्द्रसंग खेल्ने ।

र,
१५.(विद्यार्थी मारिए)
लिवियाको त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिए/ १८ जना घाइते / विदेशी हवाई सुरक्षा बलले हवाई आक्रमण गरेको लिवियाली सरकारको भनाई ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top