नेपालकी बिमलालाई अमेरिकामा स्वर्ण

नेपालकी बिमलालाई अमेरिकामा स्वर्ण

२१ पुस, काठमाडौं ।
नेपालकी बिमला तामाङले अमेरिकामा कराँतेमा स्वर्ण जितेकी छिन् । तामाङले अमेरिका न्युयोर्कस्थित वेस्टचेस्टरमा भएको इजिआई इन्टरनेसनल ओपन च्याम्पियनसिप २०२० को एकल कातामा स्वर्ण जित्न सफल भएकी हुन् ।

उनले फाइनलमा अमेरिकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् । उनको स्पर्धामा अमेरिकाका विभिन्न क्लबसँगै विभिन्न राष्टहरुको सहभागिता रहेको थियो ।

बिमलाले सेमिफाइनलमा पनि अमेरिकी खेलाडीलाई पछि पारेकी थिइन् । इलाईट स्पर्धामा अमेरिकाका उत्कृष्ट खेलाडीहरुले प्रतिस्पर्धा गर्ने गर्दछन् । बिमला विगत ३ वर्षयता अमेरिकामा रहेकी छन् ।

तामाङले इन्चोन एसियाड २०१४ मा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी थिइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.