मन्त्री ढकाल र बास्कोटालाई थप मन्त्रालयको जिम्मेवारी

२५ पुस ७६, शुक्रबार

२५ पुस, काठमाडौँ ।
समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि मन्त्री विहीन बनेका मन्त्रालय हेर्नेगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई थप जिम्मेवारी दिईएको छ ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बाँस्कोटालाई सहरी विकास मन्त्रालय र ढकाललाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी हेर्ने गरी तोकेकी हुन् ।

यसअघि समाजवादी पार्टीबाट उपेन्द्र यादव उपप्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए भने मोहम्मद इश्तियाक राइ सहरी विकासमन्त्री थिए । पुस ८ गते समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि यी दुई मन्त्रालय प्रधानमन्त्री ओली स्वयंले सम्हाल्दै आएका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top