विवादित एमसीसी परियोजनालाई विज्ञको हरियो झन्डा

२५ पुस, काठमाडौँ ।
मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना लागू गरेर लाभ लिन कुनै शंका गर्नु नपर्ने सरोकारवालाहरुले बताएका छन् । शुक्रबार काठमाडौमा भएको छलफलमा संसदको अर्थ समितिका सभापति कृष्ण दाहालले एमसीसी परियोजनाबाट लाभ लिन कुनै शंका गर्नु नपर्ने बताएका हुन् ।

एउटा सम्झौताकै कारण अमेरिकी सेना नेपाल आएर कब्जा गर्ने परिस्थिती सिर्जना हुन्छ भन्ने कमजोर मानसिकता सामाजिक सञ्जालमा देखिएको उनको भनाई छ । ‘हाम्रो राष्ट्र त्यती कमजोर भएको जस्तो लाग्दैन । एउटा सम्झौताले ह्वारह्वारती सेनाहरु आएर कब्जा गर्ने परिस्थिती हुन्छ भन्या जस्ता कुराहरु सामाजिक सञ्जालमा देखिन्छ । अनि त्यस्तो छलफलले राष्ट्र कमजोर हुने कि बलियो ?’, उनले भने, ‘विभाजित मानसिकता लिएर होइन् । हाम्रो राष्ट्रको हात माथि पर्नुपर्छ र परेको छ भन्ने भावनाको विकास हुनुपर्छ ।’

एमसीसीको विषय संसदमा गएको अवस्थामा बाहिर नेताहरुले हल्ला गर्नुको कुनै अर्थ नरहेको उनको भनाई छ । सच्याउनुपर्ने विषयहरु छन् भने कुटनीतिक तवरबाट छलफल गरेर सच्याउनु पर्ने उनले बताए । पूर्व राजदुत डा. शंकर शर्माले लिइरहेको र लिने सहयोग नेपालको पक्षमा छ भने केही गाह्रो नहुने बताए । अमेरिकाले आर्थिक सहयोग पनि गर्ने, सुरक्षामा पनि सहयोग गर्ने, सरकारलाई पनि सहयोग गर्ने भनेपछि इण्डो प्यासिफिकको रिपोर्ट उल्लेख गरेपनि नेपालले सहि नै नगरेको विषयमा जवरजस्ती गर्न नआउने तर्क उनले गरे ।

विवेकशील नेपाली दलका सूर्यराज आचार्यले नेपालीहरुको अर्कमन्यताले एमसीसीको विषयमा विवाद उत्पन्न भएको बताए । नेपालले आफ्नो राष्ट्रिय स्वार्थ र विकासका नीतिहरु स्पष्ट गर्न सकेमा एमसीसीमा जस्तो अवरोध पुनः नदोहोरिने बताए । नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लले बाहिर आएजस्तो नेपाल आएर बेस बनाउने हो कि, नेपालमै बस्ने होकि भन्ने आशंकाहरु सहि नभएको बताए ।

एमसीसी परियोजनामा नेपालले हस्ताक्षर गरेसँगै यो विषयमा राजनीतिक र सामाजिक बहस सुरु भएको छ । कतिपयले जस्ताको त्यस्तै पारित गर्नुपर्छ भनेका छन्, भने कतिपय सम्झौताका केही प्रावधानहरु हटाएर पारित गर्नुपर्ने बताउँदै आएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top