ओमनका सुल्तान काबसुको निधन, नयाँ राजा हइथाम बिन तरिक

२६ पुस, एजेन्सी।
ओमनका सुल्तान काबुसको निधन भएको छ । सुल्तानको उपचारका क्रममा शुक्रबार निधन भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनी केही समयदेखि अस्वस्थ रहेका थिए ।

Advertisement

७९ वर्षिय सुल्तानको सन् २०१५ मा जर्मनीमा उपचार गरिएपछि क्यान्सर रोगबाट पीडित भएको समाचार सार्वजनिक भएको थियो । स्वास्थ्यमा समस्या आएपछि गत महिना उपचाका लािग बेल्जियम लगिएको थियो ।

सन् १९७० मा बेलायतको सहयोगमा सुल्तानले आफ्ना बाबुलाई सत्ताच्यूत गराएका थिए । तेल बिक्री गरेर उनले ओमनलाई आर्थिक रुपमा सम्पन्न गराएको बताइएको छ ।

Advertisement

अविवाहित भएकाले सुल्तान काबुसले आफ्ना उत्तराधिकारी नियुक्ति नगरेको समाचारमा जनाइएको छ । उनले उत्तराधिकारीको नाम खाममा छोडेका थिए । सुल्तानको आधारभूत विधान अनुसार सिंहासन खाली भएको तीन दिनभित्र शाही परिवारका पुरुष सदस्यहरुबट नयाँ नेतृत्व चयन गर्नुपर्छ । खाममा उनले आफ्ना भाइ (काकाका छोरा) हइथाम बिन तरिकको नाम लेखेका रै’छन्। पूर्वसंस्कृति मन्त्रीसमेत रहेका तरिकले ओमानको नयाँ सुल्तानको सपथ लिइसकेको त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

पाँच दशक भन्दा लामो समय शासन गरेका सुल्तान काबुसले सुधारवादी नेताको छवी बनाएको समाचारमा जनाइएको छ । ओमनमा कुल जनसंख्याको ४३ प्रतिशत विदेशी रहेको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top