प्रदेश ३ को राजधानी हेटौंडा

प्रदेश ३ को राजधानी हेटौंडा

२७ पुस, काठमाडौं ।

प्रदेश ३ स्थायी राजधानी हेटौंडा कायम भएको छ । आइतबार बिहान बसेको प्रदेश सभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो ।

प्रस्तावको पक्षमा १ सय ५ र विपक्षमा ३ मत परेको छ । १ सय१० सदस्य रहेको प्रदेशसभामामतदानका लागि१ सय ८ जना मात्रै सहभागी थिए।

प्रदेशसभा संसदीय दलले हेटौंडा राख्ने प्रस्ताव प्रदेशसभामा पेस गरेको थियो । जसमा प्रमुख विपक्षी नेपाली कांग्रेसँगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले पनि समर्थन गरेका थिए ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले यसअघि नाम र राजधानीबारे निर्णय गरेको थियो ।प्रदेशको नाम वागमती राख्न सहमत भएको विवेकशील साझा पार्टीले भने स्थायी राजधानी काभ्रेको धुलिखेल प्रस्ताव गरेको थियो । तर धुलिखेललाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको छ ।

यसअघि हेटौंडा प्रदेश ३ को अस्थायी राजधानी थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.