सोह्र दिनदेखि बेपत्ता सुर्यनारायण मृत फेला

२७ पुस ७६, आइतबार

२७ पुस, राजविराज ।
सोह्र दिनदेखि बेपत्ता सप्तरी राजगढ–३ नर्घो पूर्व टोलका एक कुखुरा व्यावसायी मृत फेला परेका छन्।

Advertisement

नर्घोस्थित रत्नसागर सार्वजनिक पोखरीमा ४५ वर्षीय सुर्यनारायण मण्डल मृत फेला परेको सप्तरी प्रहरीले जनाएको छ। घरदेखि साढे एक किलोमिटरको दुरीमा रहेको रत्नसागर पोखरीको डिलमा सञ्चालन गरेको कुखुरा फारमको रेखदेख गर्दै उनी फारममै बस्दै आएका थिए।

मण्डल १६ दिनअघि उधारो दिएको रकम उठाउन जान्छु भनी हिंडेको मृतकका भाइ ३५ वर्षीय शिवनारायण मण्डलले जानकारी दिए। मृतक मण्डलकी श्रीमती एक छोरा र एक छोरीका साथ १५ वर्षदेखि माइत बस्दै आएकी छिन्।

Advertisement

कसले मारेको हो वा आफैं मृत्यु भएको हो अनुसन्धान हुनुपर्ने भाइ शिवनारायणको माग छ। मृत्यु शंकास्पद भएपछि शवको पोष्टमार्टम राजविराजमा नगरी धरान पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार मृत्यु भएको मिति तथा डुबेर वा अन्य कारणले मृत्यु भएको यकिन गर्न शव धरान पठाइएको हो। प्रमाण भेटिन्छ कि भनेर पोष्टमार्टमका लागि धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर यमलाल बन्जाडेले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top