नोबेलले शल्यक्रिया मार्फत फेरिदियो ५ बर्षे बालिकाको अनुहार

२७ पुस ७६, सोमबार

२८ पुस, विराटनगर ।
जन्मजात निधारमा निस्किएको मासुको डल्लोले अस्वभाविक रुपमा बढेर आँखा समेत छोपिएकी ५ बर्षीया उमिसा चौधरीले नयाँ अनुहार पाएकी छन । उदयपुरको बेलका नगरपालिका–३ रातापानी घर भएका चौधरी परिवारले उमिसालाई उपचारका लागि जिल्ला अस्पताल पुर्याए । तर, त्यहाँ अप्रेशन हुँन नसक्ने भन्दै चिकित्सकले काठमाण्डौं लैजान सुझाव दिएपछि तत्काललाई उमिसाको उपचार यात्रामा पूर्णबिराम लागेको थियो ।

आर्थिक अभावले निधारमा रहेको मासुको डल्लो बढ्दै गएर दुबै आँखा छोपिदा उनलाई हेर्नसमेत समस्या भईरहेको थियो । तर, अहिले चौधरी परिवारको चिन्तालाई बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले खुशीमा बदलिदिएको छ । नोबेलमा निःशुल्क अप्रेशनको व्यवस्था मिलाईदा अहिले उमिसाको अनुहारको आकृति नै फेरिएको छ । चिन्ता र अन्यौलताकावीच उनको निःशुल्क अप्रेशन भएपछि चौधरी परिवारमा खुशीयाली छाएको छ ।

नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले सफल शल्यक्रिया गरेको हो । धेरै जटिल शल्यक्रियासमेत सफलतापूर्वक गरेर चर्चा कमाएका डा.काफ्ले नेतृत्वको टिमले शल्यक्रिया गरी उमिसाको निधारको डल्लो निकालेपछि अहिले उनी सामान्य अवस्थामा छिन् । अप्रेशन पश्चात अब पुनः डल्लो नपलाउँने डा.काफ्ले बताउँछन् ।

Advertisement

नोबेलले उदयपुरको बेलका स्थित रामपुरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा चौधरी परिवारले उमिसालाई ल्याएका थिए । शिविरमा जटिल शल्यक्रिया सम्भव नभएकाले अस्पताल ल्याएर उनको निःशुल्क शल्यक्रिया गरिएको नोबेल अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले बताईन् । उनका अनुसार करिव दुई लाख मूल्य बराबरको शल्यक्रिया एवं उपचार सेवा निःशुल्क गरिएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top