कैदी फरार, कारागार कर्मचारी नियन्त्रणमा

२७ पुस ७६, सोमबार

२८ पुस, रौतहट ।
अपहरण तथा शारीरिक बन्दकको अभियोगमा गौर कारागारमा कैद भुक्तान गरिरहेका एक कैदी आइतबार राति फरार भएका छन् ।

कैदी भगाएको आरोपमा कारागारका एक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वृन्दवन नगरपालीका–२ घर भएका २७ वर्षिय अशोक यादव राति कारागारबाट फरार भएका हुन् ।

सर्लाहीमा भएको बालक अपहरण मुद्दामा यादवलाई अदालतले १५ वर्ष कैद सजाय सुनाएको थियो । विगत ३ वर्ष देखि जेल सजाय भोगिरहेका यादव राति कैदी गन्ने क्रममा कारागारका कार्यालय सहायक एकरामुल हकको मिलोमतोमा भागेको हुनसक्ने जिल्ला प्रहरीका डिएसपी नविन कार्कीले बताए ।

‘घट्नाको प्रकृति हेर्दा कारागारकै कर्मचारीको मिलोमतो देखिन्छ । कैदीको संख्या गनिसके पछि गेटमा ताला नलगाई छाडेको पाइयो,’ उनले भने, ‘कर्मचारी एकरामुललाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान थालेका छौं ।’

कैदी भाग्ने बेला सेन्ट्री बस्ने प्रहरी कर्मचारीलाई समेत जिल्ला प्रहरीले निलम्बनको तयारी गरेको छ । हरेक दिन राति कारागारका कर्मचारीले कैदीको संख्या गनेर प्रहरीलाई रिपोर्टिङ गर्नुपर्छ ।

त्यही क्रममा कर्मचारी एकरामुलले कैदीको संख्या यकिन गरिसकेपछि कारागारको मुख्य गेटमा जानाजानी ताला नलगाई छाडेका थिए । त्यसपछि केही समय कारागारको मात्र विद्युत आपूर्ति बन्द भएको थियो ।

डिएसपी कार्कीका अनुसार विद्युत सम्बन्धि ज्ञान भएका कैदी यादव आफैंले लाइन बन्द गरी भागेका थिए । यादव भागेको हल्लीखल्ली भएपछि डिएसपी कार्कीले तत्कालै कारागारका कर्मचारी एकरामुललाई नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।

प्रहरीले केही शंकास्पद स्थानमा सर्च समेत गरेको छ । ‘हामिले खोजतलास जारी राखेका छौं,’ डिएसपी कार्कीले भने, ‘अहिलेसम्म फेला परेको छैन ।’

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top