खानेपानी आयोजनाका लागि दुई करोड संकलन

३० फागुन ७४, बिहीबार

इलाम, चैत १
शहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालनका लागि इलाम बजारका स्थानीयवासीले रु दुई करोड संकलन गरेको छ । एशियाली विकास बैंकको सहयोगमा रु ८५ करोडको लागतमा सम्पन्न हुने खानेपानी आयोजनाका लागि स्थानीय जनताबाट कूल लागतको पाँच प्रतिशत रकम संकलन गर्नुपर्ने भएकाले सो रकम संकलन गरिएको हो ।

खानेपानी सञ्चालन गर्नका लागि उपभोक्ता समिति नै गठन गरेर रकम उठाउन थालिएको छ । प्रत्येक मिटरबाट रु १५ हजारका दरले रकम संकलन गरिएको उपभोक्ता समिति अध्यक्ष केदार थापाले जानकारी दिए ।

रु ८५ करोडको पाँच प्रतिशत स्थानीयवासीबाट साथै नगरपालिकाको नगर विकास कोषमार्फत २५ प्रतिशत ऋण सहयोग जुटाएर खानेपानी आयोजना सम्पन्न गर्नुपर्ने प्रावधान छ ।

उपभोक्ता समितिले रु चार करोडभन्दा माथि रकम संकलन गर्नुपर्ने हुन्छ । बुधबारसम्ममा रु दुई करोड रकम संकलन भएको उहाँले जानकारी दिनुभयो । चाँडो रकम संकलन गरेर खानेपानी ल्याउन नगरवासीले सहयोग गर्नुपर्ने अध्यक्ष थापाले बताए ।

योजना सम्झौता भएको दुई वर्षभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको उपभोक्ता समितिका सचिव तिलक ठकुरीले बताए । खानेपानी सञ्चालनका लागि सन्दकपुर गाउँपालिकामा रहेका तीन वटा मुहानबाट पानी आपूर्ति गरिने छ ।

हाल पानी अभावका कारण इलाम बजारका बासिन्दा नुहाउन र कपडा धुन धारा वा खोलामा जानुपर्ने बाध्यता छ । यो बाध्यताबाट मुक्त हुनसमेत उपभोक्ता सचेत हुनुपर्ने सचिव ठकुरीको भनाइ छ ।
रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top