विराटनगर बजारमा नो पार्किङपछि ब्यवसायी आन्दोलित

२९ पुस, विराटनगर ।
प्रदेश राजधानी रहेको विराटनगरको मुख्य बजारमा सडकको दुबैतर्फ सवारी पार्किङ गर्न निषेध गरेपछि व्यवसायीहरुले तीव्र विरोध जनाएका छन् । ट्राफिक प्रहरीले आजबाट बजार क्षेत्रका सडकमा कुनैपनि सवारी राख्न रोकेपछि व्यावसायीहरुले त्यसको विरोध जनाएका हुन् ।

गत पुस १६ गते बसेको विराटनगर महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय, विराट व्यापार संघ र विराटनगर–९ वडा कार्यालयको संयुक्त बैठकले सडकको दुवै तर्फ नो पार्किङ बनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार ट्राफिक प्रहरीले बजारमा सवारी पार्किङ गर्न नदिएपछि व्यवसायीहरुले विरोध गरेका हुन् ।

विराटनगरको बुधहाट चोकमा रहेको पञ्चमुखी हनुमान मन्दिरदेखी जलजला चोकसम्म सडकका दुवै साईडमा नो पार्किङ जोन बनाउने निर्णय बैठकले गरेको थियो । जामलाई हटाउन बजार क्षेत्रका सवारीसाधनलाई वि प्लटको खाली मैदानमा राख्ने तयारी ट्राफिक प्रहरीले गरेको थियो । तर व्यवसायीहरुले यसबीचमा रहेका आफुहरुको पसलमा आवतजावत गर्न समस्या हुने र बजार भन्दा पर सवारी पार्किङ गरेर ग्राहकहरु बजारमा नआउने भएकोले व्यापारमा समस्या पर्ने भन्दै बजारका सडकमा एकतर्फी पार्किङको व्यवस्था गर्न माग गरेका छन् । उनीहरु आफना सम्पूर्ण पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । व्यापारीलाई पर्ने समस्याका बारेमा व्यापारीसँग सल्लाह नगरी गरेको निर्णय आफुहरुलाई मान्य नहुने बताउँदै समस्या सम्बोधन नभएसम्म विरोध जारी राख्ने बताएका व्यापारी सञ्जयसिंह मण्डलले बताए ।

यस विषयमा व्यापारीहरुले विरोध जनाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राकेशकुमार पोद्दारसहितको टोलीले सम्बन्धीत पक्षसँग वडाप्रहरी कार्यालय विराटनगरमा वार्ता गरिरहेको छ । त्यस्तै ट्राफिक प्रमुख पोद्दारका अनुसार पञ्चमुखी हनुमान मन्दिरदेखि गुद्री बजार हुदै भट्टिमोड चोकसम्मलाई एकतर्फी मात्र ठूला तथा साना सवारी चलाउन दिने र बुधहाट चोकदेखी पश्चिम भट्टिमोडसम्म जान पाईने तर पश्चिम भट्टिमोडदेखि पूर्व जान नपाईने नियम लगाईएको छ ।

यस अघि ट्राफिक चोक तीनपैनी सम्म एक तर्फि मात्र पार्किङ गर्ने व्यवस्था गरेको थियो । विराटनगरमा पछिल्लो समय बढ्दो सवारी चापका कारण बजार क्षेत्रमा दैनिक ट्राफिक जाम हुने गरेको छ । सडकको विस्तारको अनुपातमा सवारीको सख्या बढीमात्रामा थप भएपछि सडक ब्यवस्थापन अस्तब्यस्त हुने गरेको छ । खास गरी सडकमा सिटी सफारीको सख्या आवश्यक भन्दा बढी देखिएको स्वयम सिटी सफारी चालकहरु बताउँछन् ।

भर्खरको समाचार

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

सम्बन्धित समाचार

Scroll to Top