उपभोक्ता अधिकारको संरक्षणमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री

३० फागुन ७४, बिहीबार

काठमाडौँ, चैत १
प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ता अधिकारको संरक्षणमा सरकार पूर्णरुपमा प्रतिबद्ध भएको बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले सरकार नयाँ कानूनको तर्जुमा गरी उपभोक्ता अधिकारलाई थप मजबुत बनाउन तयार रहेको बताए ।

प्रधानमन्त्री ओलीले उपभोक्तालाई पनि आफ्नो अधिकारको संरक्षण र कर्तव्य पालनामा सक्षम तुल्याउन उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिदैं उपभोक्ता अधिकार संरक्षणका लागि सरकारी निकाय, यस क्षेत्रमा क्रियाशील संघसंस्था र सञ्चारकर्मीको महत्वपूर्ण भूमिका अपेक्षित रहेको बताए ।

उपभोक्ता अधिकारसम्बन्धी अन्तर्रा्ष्ट्रिय संस्थाको आह्वानमा मार्च १५ अर्थात् आजको दिनलाई विश्व उपभोक्ता अधिकार दिवसका रुपमा मनाउन लागिएको हो ।

संयुक्त राष्ट्र संघको महासभाले पारित गरेको उपभोक्ता अधिकारसम्बन्धी मार्ग्निर्देशनसमेतका आधारमा सरकारले मुलुकका राष्ट्रिय कानूनमा आवश्यक परिमार्जन गर्नुका साथै यस क्षेत्रमा नयाँ कानूनको तर्जुमा गरी उपभोक्ता अधिकारको संरक्षणमा महत्वपूर्ण कार्य गर्दै आएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले अहिले देशमा उपभोक्ता हितका लागि उपभोक्ता संरक्षण ऐन र विभिन्न क्षेत्रगत कानूनको व्यवस्था गरी तदअनुरुपका योजना तथा कार्यक्रम सञ्चालनमा रहेको समेत उल्लेख गरेका छन् ।

नेपालको संविधानमा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक रहेको रहेको उल्लेख गर्दै उनले गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेका व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने मौलिक हकसहितको संवैधानिक व्यवस्था रहेको बताए ।

प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “संविधानमा भएको व्यवस्थाअनुसार सबै उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ ।” उद्यमी र व्यवसायीले उपभोक्ता अधिकारको संरक्षण, सम्मान र पालना हुने गरी आफ्ना क्रियाकलाप सञ्चालन गर्नुपर्छ, उनले भने “उपभोक्ताले पनि आफ्नो हक अधिकारप्रति सजक भई कानूनले प्रत्याभूत गरेका अधिकारको प्राप्ति, उपभोग र पालनामा थप जागरुप हुनु जरुरी हुन्छ ।”

प्रधानमन्त्री ओलीले उपभोक्ता अधिकारका क्षेत्रमा सक्रिय नियामक निकायले आफ्ना कार्य क्षमताका विकास र विस्तार गरी उपभोक्ता अधिकार संरक्षणका लागि अझ क्रियाशील हुनुपर्ने खाँचो औँल्याए ।

सरकारले यस वर्ष उपभोक्ता दिवसको अवसरमा ‘उपभोक्ता जागरण अभियानमा स्थानीय तहको सक्रियता’ नारा तय गरेको छ । प्रधानमन्त्री ओलीले उपभोक्ता अधिकार दिवसको अवसरमा उपभोक्ताको अधिकारलाई सुरक्षित गर्न उद्यमी, व्यवसायी, नियामक निकाय र सरोकार भएका सबैलाई परिणाममुखी ढंगले कार्य सम्पन्न गर्न सफलता मिलोस् भन्ने कामनासमेत गरेका छन् ।
रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top