×

NEPAL TIMES UPDATES

Playing
देउवा, प्रचण्ड र ओलीमा सबैभन्दा धनी को छ ?|| Nepal Times
Mar 29, 2026
Playing
ओली र लेखकलाई हिरासतमुक्त गर्न अदालतले मानेन,५ दिन हिरासत|| Nepal Times
Mar 29, 2026
Playing
बालेनले हेटांैडा उद्योगलाई वाइवाइ जस्तै कसरी चलाउलान् ? || Nepal Times
Mar 29, 2026
Playing
ओलीलाई आधा दर्जन रोग, अदालतले पनि भन्यो उपचार गराउनु|| Nepal Times
Mar 29, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-15-2082 || Nepal Times
Mar 29, 2026
Playing
युद्धमा हुथीको प्रवेशपछि के हुन्छ? होर्मुजमा ट्रम्पको धैर्यको बाँध फुट्दै || Nepal Times
Mar 29, 2026
Playing
एमालेका कार्यकर्ता र प्रहरीबीच झ ड प, प्रहरीमाथि ढुंगा हानेपछि लाठीचार्ज || Nepal Times
Mar 29, 2026
Playing
पहिलो दिनमै आशाको संचार गराएको बालेन सरकार || Nepal Times
Mar 29, 2026
Playing
सयौँ अमेरिकी सैनिक घा इते, अब बहुमुखी यु द्ध, इजरेलको नयाँ ध म्की || Nepal Times
Mar 29, 2026
Playing
ठूला नेता जोडिएका नेपालका भ्रष्टाचार काण्ड,जुन बालेनले खोल्नेछन् |BALEN GOVERNMENT| ACTION
Mar 29, 2026

ऋण र अनुदान दिन प्रतिबद्धता जनाएका दातृ निकायसँग अझै सम्झौता भएन

३ माघ २०७६

३ माघ, काठमाडौँ । २०७२ साल असारमा काठमाडौंमा भएको दाता सम्मेलनबाट ऋण र अनुदान दिन प्रतिबद्धता जनाएका केही दातृ निकायसँग अझै सम्झौता भएको छैन ।

९ दातृ निकायले प्रतिबद्धता गरेको ८ अर्ब ८३ करोड ६८ लाख २६ हजार रुपैयाँको सम्झौता हुन नसकेको हो । यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र अर्थ मन्त्रालयले ताकेता गरे पनि सम्झौता हुन सकेको छैन ।

Advertisement

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार अर्थ मन्त्रालयले समन्वय गरेर रकम सम्झौतामा हस्ताक्षर गर्नुपर्ने हो । केहीले भने प्रतिबद्धताभन्दा धेरै पनि दिएको उनको भनाइ छ ।

प्रतिबद्धता जनाएकाहरूलाई प्राधिकरण र अर्थ मन्त्रालयबाट जानकारी गराए पनि रकम नआएको हो । भूकम्प गएको पाँच वर्ष पुग्न लाग्दासमेत पुनर्निर्माणका लागि दातृ निकायले बोलेको रकम आएको छैन ।

सम्मेलनमा २१ दातृ निकायको सहभागिता थियो । पञ्चवर्षीय पुनर्निर्माण तथा पुनस्स्थापना योजनाअनुसार कुल संशोधित आवश्यक बजेट ६ खर्ब ३० अर्ब छ । दाता सम्मेलनमा प्रतिबद्धता भएको रकम ४ खर्ब १० अर्ब हो । जसमध्ये ६७ अर्ब राहत तथा उद्धारमा खर्च भएको छ ।

त्यस्तै भारतीय एक्जिम बैंकको ४९ अर्ब नेपाल सरकारतर्फ स्रोतान्तर भएको छ । प्रतिबद्धता रकम २ खर्ब ९४ अर्ब रहेको सहप्रवक्ता घिमिरेले बताए ।

नर्वे र साउदी अरेबियाले प्रतिबद्धता गरेअनुसार रकम सम्झौता गरेका छन् । दुवै देशले प्रतिबद्धता गरेको चार वर्षमा रकम सम्झौता गरेका हुन् । त्यस्तै विश्व बैंकले कबुलेको ५५ अर्बमा थप २३ अर्ब दिने भएको छ ।

दाताहरूले कबोल गरेको २ खर्ब ९४ अर्बमध्ये २ खर्ब ४१ अर्ब मात्र आउने भएको हो । गैरसरकारी संस्थामार्फत आएको ४२ अर्ब रुपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ । यसमा दातृ निकायको रकम पनि जोडिने प्राधिकरण बताउँछ । सम्झौता गरेअनुसारको रकम हेर्दा ५३ अर्ब अझै आएको देखिँदैन ।

Advertisement

यसबारे रिपोर्ट तयार पारेपछि कति रकम आयो, कति आएन र कति सम्झौता भयो भन्ने थाहा हुने प्राधिकरण स्रोतको भनाइ छ । प्राधिकरणको अवधि एक वर्ष मात्र बाँकी छ । समग्रमा पुनर्निर्माणको काम ८३ प्रतिशत भएको प्राधिकरणले जनाएको छ । समय थप्ने, नथप्नेबारे निर्णय भइसकेको छैन ।

भर्खरको समाचार

कायापलट गर्ने बालेन सरकारका १०० सुधारका कार्यसूचीमा के छन् ?

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने

658221545_939344932018858_359187294629822060_n

ओली–लेखकलाई के सजाय हुनसक्छ? खापुङ किन पक्राउ परेनन् ?

656970025_939426805344004_8432959326432520788_n

अमेरिकाविरुद्ध धेरै विकल्पहरू बाँकी रहेको इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

शंखनाद र स्वस्ति बाचनसंगै लिए बालेनले प्रधानमन्त्रीको सपथ

658855684_938633488756669_1735845216725342594_n

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

सम्बन्धित खबरहरु

Scroll to Top