पराजुलीको बहिर्गमन : अवकाश कि राजीनामा ?

न्यायपरिषद्का सचिवले बुधबार दिउँसो २ः४५ बजे प्रधानन्यायाधीश गोपाल पराजुलीले अवकाश पाइसकेको पत्र जारी गर्दा नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको शपथग्रहणको तयारी भइरहेको थियो । अनेक आशंकाबीच पराजुलीले नै अपराह्न साढे ४ बजे राष्ट्रपतिलाई शपथग्रहण गराए ।

अघिल्लो दिन न्यायपरिषद्का सचिवले पदमुक्त भएको घोषणा गर्नु र भोलिपल्ट पराजुलीले राष्ट्रपतिसमक्ष प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुले अर्को बहस जन्माएको छ– पराजुलीले न्यायपरिषद्को पत्रअनुसार २१ साउनमै अवकाश पाएका हुन् कि उनले राष्ट्रपतिलाई दिएको राजीनामाअनुसार १ चैतमा ?

अझ पराजुलीले अवकाश पाइसकेको भन्ने न्यायपरिषद्का सचिवको पत्रपछि पराजुलीले नै राष्ट्रपतिलाई शपथ गराएकाले पनि यो प्रश्न पेचिलो बनेको थियो ।

Advertisement

तर, राष्ट्रपति कार्यालयले यो विवाद टुंग्याउन खोजेको छ । महान्यायाधिवक्ताको कार्यालयका अनुसार पराजुलीले १ चैतमा राजीनामा दिएकाले सोही दिनसम्म उनको पद बहाल रहेको मानिनेछ ।

‘राष्ट्रपतिले राजीनामा ग्रहण गरेकाले त्यसलाई नै वैधानिक मानिनेछ । न्यायपरिषद्को तत्कालीन बैठकमा अहिलेका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी पनि सहभागी थिए ।

Advertisement

यो निर्णय परिषद् बैठकले बदर गरे मात्र पराजुलीको जन्ममिति २१ साउन ००९ कायम रहनेछ,’ महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले भने, ‘राष्ट्रपतिले राजीनामा लिन अस्वीकार गरेको भए प्रधानन्यायाधीश पराजुलीको अवकाश नै भएको मान्न सकिन्थ्यो ।’, यो खबर आजको नयाँ पत्रिकामा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top