रहस्यमय ‘कोरोना’ भाइरस मानिसबाट मानिसमा सर्न सक्ने, अहिलेसम्म ४ जनाको मृत्यु

७ माघ, काठमाडौं । चीनमा फैलिइरहेको रहस्यमय कोरोना भाइरस मानिसबाट मानिसमा फैलन सक्ने अधिकारीहरुले जनाएका छन् ।
भाइरस फैलिइरहेको अवस्थामा चीनमा अर्काे एक जनाको ज्यान गएको छ । योसँगै भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।

८९ वर्षीय एक व्यक्तिको कोरोना भाइरसबाट ज्यान गएको हो । यी व्यक्तिमा निमोनियाको लक्षण देखिएको अधिकारीहरुले बताएका छन् । यी व्यक्ति कोरोना भाइरसको प्रकोप रहेको ठाउँ वुहान शहरमा रहँदै आएका थिए ।

मुख्यतया बेइजिङ र साङघाईसहित चीनका प्रमुख शहरहरुमा दुई सय जनाभन्दा बढी मानिसमा यसको सङ्क्रमण देखिएको छ ।

Advertisement

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले चीनको गुवाङ्गदोङ्ग प्रान्तमा सङ्क्रमणको दुई वटा घटना मानिस–मानिसबीच प्रसारणको कारण भएको पुष्टि गरेको थियो ।

वुहान म्युनिसिपल हेल्थ कमिसनले वुहानमा कम्तीमा १५ जना चिकित्सा कर्मचारीलाई यो भाइरसले सङ्क्रमित गरेको छ, जसमध्ये एक जनाको अवस्था गम्भीर छ ।

Advertisement

यो भाइरसबाट सङ्क्रमित भएकाहरुको उपचारको क्रममा सबैलाई छुट्टाछुट्टै राखिएको छ ।

यो भाइरस अहिलेसम्म चार एसियाली देशमा देखिएको छ । श्वासप्रश्वाससम्बन्धी समस्याको कारण बन्ने यो भाइरस जापान र थाइल्याण्डपछि दक्षिण कोरिया पनि पुगिसकेको छ ।

गएको सोमबार दक्षिण कोरियामा यो भाइरसको पहिलो घटना सार्वजनिक भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top