सामाजिक सञ्जालमा प्रचार नगर्न निर्वाचन आयुक्तको अपिल

७ माघ, काठमाडौं । निर्वाचन आयोगले माघ ९ गते विहिबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचन सम्बन्धी आचार संहिता पूर्ण पालना गर्न सम्पूर्ण दल तथा तीनै तहका सरकारलाई अपिल गरेको छ ।

Advertisement

आयोगले निर्वाचनको मौन अवधि सुरु भईसककाले सो अवधिमा आचार संहिता विपरितका काम कारवाही नगर्न, त्यस्ता क्रियाकलापका लागि उक्साहट नगर्न सबैलाई अपिल गरेको हो ।

मंगलबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचार संहिता बमोजिम सोमबार राति १२ बजे देखि मौनअवधि शुरु भइसकेकाले यस अवधिमा कुनैपनि सञ्चार माध्यमबाट निर्वाचन प्रचार प्रसार नगर्न नगराउन आग्रह गरेका हुन ।

Advertisement

पछिल्लो समय सामाजिक सञ्जाल प्रयोग गरि निर्वाचन प्रचार प्रशार गर्ने काम हुने गरेको तर्फ संकेत गर्दै उनले वेभसाइट, ट्वीटर, फेसबुक, भाइवर वा एसएमएस लगायत कुनैपनि विद्युतीय माध्यमको प्रयोग गरी मत माग्ने काम पनि नगर्न आग्रह गरे।

निर्वाचन, मतदाता र मतदान कार्यलाई प्रभाव पार्ने गरी छलफल, गोष्ठी, सेमिनार, अन्तरक्रिया, मतदाता शिक्षा, पत्रकार भेटघाट लगायतका कार्य समेत नगर्न उनले सचेत गराए ।

Advertisement

आयोगले मौन अवधिमा आचार संहिताको पालना भएनभएको अनुगमन तथा सुपरिवेक्षण गर्न सबै जिल्ला निर्वाचन कार्यालय र सात वटै प्रदेशका उच्च अदालत रहेका जिल्लामा मतदान सम्पन्न गर्न स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयले गर्ने व्यवस्था मिलाएको छ ।

माघ ९ गते हुन लागेको निर्वाचनका लागि सोमबार राती देखि मौन अवधि सुरु भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top