८ माघ, काठमाडौँ ।
कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशमचौधरी लगायत जेलमा रहेका ११ जनाको मुद्धा फिर्ता गरी जेलमुक्तगर्नुपर्ने माग राख्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनकाकार्यक्रम घोषणा गरेको छ । मोर्चाले टीकापुर घटनाको छानबिन गर्न बनेका समितिहरुले बनाएको प्रतिवेदन सार्वजनिकगर्न पनिमाग गरेको छ ।
मोर्चाका संयोजक लक्ष्मण थारुले २० दिनभित्रआफ्नामागहरु पुरा गर्न सरकारलाई आग्रह गरेका छन् । थारुहरुको शान्तिपूर्ण आन्दोलनचलिरहेका बेलाकसको योजनामा घटना भएको हो भन्ने जानकारी पाउने अधिकार आफुहरुको पनि रहेको भन्दै उनले लालआयोग र अन्य आयोगका प्रतिवेदन सार्वजनिक गर्न माग गरे । ‘टीकापुर घटना घटिसकेपछि गठन भएको आयोहरुको प्रतिवेदनकिन सार्वजनिकगरिँदैन ? के हामी डाँका, चोर, फटाहा हो ?हामीज्यानमारा हो ?थाहरुको शान्तिपूर्ण आन्दोलनजारी रहेका बेलाकसको योजनामा टीकापुर घटना घटेको हो ?त्यो जान्नपाउने अधिकार हामीलाई छैन्’, उनले भने, ‘हाम्रो घरमाआगजनी हुन्छ, चोरी हुन्छ, हाम्रो घरमा रेप हुन्छ तर मुद्धा लाग्छ हामीलाई ज्यानमारा, ज्यानमार्ने उद्योग र डाँकाचोरीको । लोकतन्त्रयहिहो । संघीयता यहिहो ?’
खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आर के खम्बुले देशमा संघीयता, स्वायत्तता स्थापना गर्न संघर्ष गर्नेहरुलाई सरकारले दमन गर्ने नीति लिएको आरोप लगाए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अग्नि सापकोटालाई सभामुखमा सिफरिस गरेको प्रति संकेत गर्दै उनले अदालतमा ज्यानमुद्धा चलिरहेका व्यक्तिलाई सभामुख बनाउने तरखर गर्ने तर झुठा मुद्धा लगाएर रेशम चौधरीर्लाइ कसरी जेलमा राखियो भन्दै प्रश्न गरे ।
मोर्चाका प्रवक्ता मिनराज चौधरीले थारु गाउँमा छापा मारी थरुहट नेता, अभियन्ता, युवा विद्यार्थी लगायतलाई धरपकड गर्ने र थारु महिलाहरुमाथि दुव्र्यवहार र बलात्कार समेत गरी थारु बस्तीहरु त्रसित बनाउनेहरुलाई कुनै कारवाही नभएको बताए । मोर्चाले माघ १४ गते प्रधानमन्त्री लगायत विभिन्नदका नेताहरुलाई १५ दिने अल्टिमेटम सहित ज्ञापनपत्र बुझाउने, माघ मसान्त सम्म प्रदेशदेखि वडा तहसम्म मोर्चाको समितिहरु विस्तार गर्ने, माघ १८ गते पहिचान पक्षहरुको बृहत अन्तरक्रिया धनगढीमा गर्ने, २४ गते संयुक्त राष्ट्रसंघ, कुटनीतिक नियोग, मानवअधिकार आयोगमा संघर्षका सम्बन्धमा पत्रबाट जानकारी दिने कार्यक्रम सार्वजनिक गरिएका छन् । त्यसैगरी फागुन १ गते कैलाली र काठमाडौंको माइतिघरमा आमरण अनसन बस्ने, २ गते धनगढी लगायत तराईका विभिन्न जिल्लामा जनप्रदर्शन गर्ने र मागहरु सुनुवाई नभए तीन दिने बन्दतथा आमहड्ताल घोषणा गर्दै ५ गते समिक्षा गरी अनिश्चितकालिन बन्द घोषणा गर्ने कार्यक्रमहरु मोर्चाले सार्वजनिक गरेको छ ।