९ माघ, काठमाडौँ ।
सरकारले साझा यातायात सहकारीलाई बिजुली बस किन्नका लागि दिइएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने भएको छ । तोकिएको बस खरिद गर्न नसकेको भन्दै सरकारले उक्त रकम फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारको नियमित पत्रकार सम्मेलनमा बताए ।
२०७६ असार २४ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले साझालाई ३ सय वटा नयाँ विद्युतीय बस खरिद गर्न ३ अर्ब रुपैयाँ शेयरमार्फत लगानी गर्ने निर्णय गरेको थियो।सरकारले नयाँ बिजुली बस खरिद गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ३ अर्ब उपलब्ध गराउने निर्णय पनि गरेको छ।