उदयपुरमा दुई बस आपसमा ठोक्किदा २८ जना घाईते

उदयपुरमा दुई बस आपसमा ठोक्किदा २८ जना घाईते

९ माघ, उदयपुर ।
उदयपुर त्रियुगा नगरपालिका–१४ जितपुर स्थित सगरमाथा राजमार्गमा विपरित दिशाबाट आएका बसहरु एक आपसमा ठक्कर खाई दुर्घटना हँुदा २८ जना घाईते भएका छन् ।

बिहीबार दिउँसो सवा १२ बजे गाईघाटबाट साउने तर्फ जादै गरेको मे १ ख १७४० नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको बा २ ख ५४१८ नम्बरको बस एक आपसमा ठक्कर खादा मे १ ख १७४० नम्बरको बसमा सवार १३ जना र अर्का बसमा सवार १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घाईते मध्ये १८ जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ भने १० जनालाई थप उपचारको लागी बिराटनगर ल्याइएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.