×

NEPAL TIMES UPDATES

Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026

धौर्य गरे के हुन्न ?

३ चैत्र २०७४

किशोर विश्वकर्मा
विराटनगर, चैत ३
विभिन्न कठिनाई आइपरेपनि आफ्नो काममा निरन्तर लागि रहने हो पछि आनन्दको जिन्दगी बाँच्न सकिदो रहेछ भन्ने उदाहरण बनेकी छन् विराटनगर–१० की उर्मिला मण्डल करीब ३ वर्ष अघि विराटनगर संसारीमाई स्थानमा सानो चिया पसल गरेर उनले एक छोरीलाई उच्च शिक्षा अध्यनका लागि अमेरिका पठाउन सफल भइन भने अर्की एक छोरिलाई भारतमा बिएस्सी नर्सिङ पढाई रहेकी छन् । त्यस्तै एउटा छोराको उच्च शिक्षा समेत पुरा गरिदिएकी छन् ।

झण्डै ३० वर्ष अघि सोही स्थानमा १५ पैसा कपका दरले चिया बेच्दै आएकी मण्डललाई सुरु सुरुमा निकै समस्या भयो । उक्त समयमा सो बाटो हिड्ने कमै मात्र मान्छे हुन्थे । त्यसैले उनलाई एकदिनमा आधालिटर दुधको चिया बेच्न समेत हम्मे हम्मे पर्ने गरेको मण्डलले सुनाईन् ।

Advertisement
Advertisement

पशल नचले पछि उनले आफु खालिपेट पानि मात्र पिएर पनि सडक पेटिमा मकै , तथा विभिन्न वस्तुहरु समेत बेचेर घर परिवारको गुजारा चलाएको उनी बताउँछिन् ।

सुरु सुरुमा विभिन्न कठिनाई आइपरेपनि उनले कहिल्यै हरेस खाइनन् र निन्तर आफ्नो काममा लागि रहिन । भनिन्छ प्रतिक्षाको फल मिठो हुन्छ । हो उनले पनि धौर्य गरिन र निरन्तर मेहनेत छाडिनन् ।

त्यहि मेहनत, जाँगर र परिश्रमले अहिले उनी आनन्दको जिन्दगी बाँचिरहेकी छन् । २ छोरिको विवाह गर्दा दाईजो समेत दिन सकेकि उनले २ छोरीलाई विदेशमा उच्च शिक्षा अध्यन गराईरहेकी छन् भने छोराको समेत उच्च शिक्षा पुरा गरिदिएकी छन् ।

अहिले उर्मिलाले सञ्चालन गरेको पशलबाट सवै खर्च कटाएर पनि दैनिक कम्तीमा १ हजार रुपैयाँ बचत हुनेगरेको उनको भनाई छ । सोही पशलबाट उनको घरपरिवार मात्र चलेको छैन छोराछोरीको पकेट खर्च समेत चल्ने गरेको उनले नेपाल टाईम्सलाई बताईन् ।

पहिलेको अवस्थादेखी यो अवस्था सम्म आई पुग्दा अब उनलाई कुनै चिन्ता नरहेको उनले बताईन् । मण्डलले जति दुख गर्नु पर्ने पहिल्यै गरिसकेकाले र छोराछोरिको उच्च शिक्षा समेत पुरा गरिसक्न लागेकाले अब कुनै चिन्ता नरहेको उनले सुनाइन् ।

Advertisement
Advertisement

उनको भनाईमा जस्तो सुकै काम गरेपनि सुरु सुरुमा विभिन्न कठिनाईहरु आइपर्न सक्ने भएकाले काममा निरन्तरता, धौर्यता र इमान्दारिता पूर्वक काम गरे राम्रै फल पाइने छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top