अग्नि सापकोटाविरुद्ध परेको रिट न्यायाधीश फुँयालको इजलासमा

अग्नि सापकोटाविरुद्ध परेको रिट न्यायाधीश फुँयालको इजलासमा

१२ माघ, काठमाडौं ।
प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता अग्निप्रसाद सापकोटाविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेको छ ।

नेता सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै वरिष्ठ अधिवक्त दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिट न्यायाधीश त्रिपाठीको एकल इजलासमा परेको हो ।

रिटमा सापकोटालाई सभामुख बनाउन नहुने पाँच बुँदा उल्लेख गरिएका छन् । गम्भिर अपराधको उजुरीमा अनुसन्धानमा परेका व्यक्तिलाई सभामुख बनाउन नहुने भन्दै त्रिपाठीले निवेदन दिएका हुन्। उनले सापकोटा विरुद्धको उजुरी गम्भिर प्रकृतिको भएको भन्दै अनुसन्धानका लागि विशेष कार्यदल गठनको माग समेत गरेका छन्। रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रतिनिधी सभा सचिवालय, अग्नि सापकोटा, प्रतिनिधीसभाका जेष्ठ सदस्य महन्थ ठाकुर, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ।

सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ। २०६२ साल बैशाख १६ गते श्रीकृष्ण मावी दाप्चामा अभिभावक भेला स्थलबाट अर्जुन लामा अपहरणमा परी बेपत्ता थिए। साउनको तेस्रो साता लामालाई नै खाल्डो खल्न लगाई ज्यूदै पुरेको भनी उनी पत्नी पूर्णिमाया लामाले २०६४ सालमा काभ्रे जिल्ला अदालतमा जाहेरी दिएकी थिएन। प्रहरीले जाहेरी लिन मानेन।

प्रहरीले निवेदन लिन नमानेपछि पूर्णिमायाले दायर गरेको रिट निवेदन सुनुवाई गर्दै २०६४ साल फागुन २२ गते सर्वोच्च अदालतले आदेश जारी गरेको थियो। त्यसपछि सापकोटा विरुद्धको जाहेरी दर्ता भयो। पछि बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटा विरुद्धको जाहेरीलाई तामेलीमा राख्ने निर्णय गरेको थियो। त्यही निर्णय विरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी भयो। उक्त रिट अहिले पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन छ।

सभामुख चयनका लागि प्रतिनिधिसभा बैठक आज मध्याह्न तीन बजेका लागि बोलाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.