जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काइयो

२ चैत ७४, शनिबार

लहान, चैत ३
सिरहाको कर्जन्हा नगरपालिका–१ उतराइनीस्थित नन्दबाबा सामुदायिक वनक्षेत्रमा अतिक्रमण गरी बनाइएको ४० भन्दा बढी घर टहरा जिल्ला वन कार्यालय सिरहाको टोलीले शुक्रबार साँझ भत्काएको छ ।

जिल्ला वन कार्यालयका कर्मचारी, वन रक्षकको टोलीले सामुदायिक वनक्षेत्रको जग्गा अतिक्रमण गरी बनाइएको करिब ४० भन्दा बढी घर टहरा भत्काएको हो ।

सिरहाको विभिन्न सामुदायिक वनक्षेत्रमा अतिक्रमण बढेको भन्दै वन कार्यालयले अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन थालेको छ । कमला नदीसँगै टाँसिएको उक्त सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरी धमाधम घर टहरा निर्माण हुन थालेकाले निर्माण गरिएको संरचना भत्काइएको जिल्ला वन कार्यालय सिरहाका प्रमुख सुनिलकुमार सिंहले जानकारी दिए ।

Advertisement

अतिक्रमण गरिएको वनक्षेत्र खाली गर्न पटक÷पटक आग्रह गरे पनि कुनै सुनुवाइ नगरेपछि बाध्य भएर बल प्रयोग गरी घर टहरा भत्काइएको उनको भनाइ छ । जिल्लाका अन्य सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काइने योजना रहेको जिल्ला वन कार्यालय सिरहाले जनाएको छ ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top