१३ माघ, काठमाडौँ । सोमबार बिहान हाजिर हुन पुगेकी राउतलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ। राउतको स्वास्थ्य परीक्षण गराएर हिरासतमा लिइएको परिसर प्रवक्ता होबिन्द्र बोगटीले बताए।
माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् । भिडियोमा राउतले आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौच गरेकी थिइन् ।

