विराटनगर, चैत ३
मोरङको कटहरी गाउँपालिकामा नेपाल घरेलु तथा साना उद्योग महासंघको ७ सदस्यीय गाउँपालिका तदर्थ कार्य समिति गठन गरिएको छ ।
कटहरी स्थित आदर्श स्कुलमा शनिबार महासंघ मोरङको प्रथम गाउँ उद्यमी भेलाले दिलिप अधिकारीको अध्यक्षतामा ७ सदस्यीय तदर्थ कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा फुलकुमारी साह, सचिवमा रामकुमार सिंह र कोषध्यक्षमा निता भगत चयन भएका छन् । त्यस्तै समितिको सदस्यमा लक्ष्मण रोनियार, नितु पोद्धार चयन भएका छन् भने एक सदस्य तथ गरि कार्य समितिलाई पुर्णता दिईने जनाइएको छ ।
महासंघ मोरङका कार्यबाहक अध्यक्ष चेतन निरौलाको अध्यक्षतामा सम्पन्न भेलामा महिला उद्यम समितिका अध्यक्ष सुनिता छाराहाङ, सचिव गोपाल काफ्ले, सदस्य एकराज ढकाल, विजय राम र कटहरी गाउँपालिका–का वडा अध्यक्ष किशोर पाण्डेको उपस्थिती रहेको थियो ।
सो अबसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका कार्यबाहक अध्यक्ष घरेलु उद्यमीहरुका लागि महासंघले प्रविधि हस्ताननान्तरणमा सहयोग गर्दै आएको जानकारी दिए ।
उनले महिला उद्यमी कोष मार्फत सञ्चालन हुने कार्यक्रममका लागि महासंघले समन्वय गरि अगुवाई गरिरहेको समेत बताए । कार्यबाहक अध्यक्ष निरौलाले गतवर्ष साउनमा आएको बाढीका कारण उद्यमीहरुले ठुलो क्षति व्यहोर्नुपरेको बताउँदै बाढीबाट भएको क्षतिको तथ्यांक संकलन गरि क्षतिपुर्तिका लागि सरकार सँग माग गरिएको जनकारी दिए ।
उनले नयाँ उद्यमीहरुका लागि उद्योग दर्ता तथा विभिन्न विषयमा सहजिकरण गनर्नका लागि घरेलु कार्यालयमा महासंघको पहलमा सहयोग कक्ष स्थापना गरिएको बताए ।
कार्यबाहक अध्यक्ष निरौलाले जिल्लाका सवै उद्यमीहरुलाई महासंघ मार्फत संगठित गराउन जिल्लाका १७ वटै स्थानिय तहमा महासंघको शाखा कमिटिहरु गठन गरिने लक्ष्य अनुरुप कटहरीमा समेत गाउँपालिका समिति गठन गरिएको जानकारी दिए ।
उनले उक्त कमिटिहरु मार्फत घरेलु तथा साना उद्योगीका साझा एजेण्डा बनाएर अघि बढ्ने महासंघको योजना रहेको बताए । सो अबसरमा महासंघका सचिव गोपाल काफ्लेले जिललाका सवै उद्यमीहरु अधिकार र लक्ष्य प्राप्तीका लागि एकजुट हुनुपर्ने बताए ।