१४ माघ, विराटनगर ।
मोरङ र पाँचथरमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
सोमवार रातीपौने ११ बजे मोरङको सुन्दरहरैचानगरपालिका४ गछियामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३१ प ८८३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रितभई दुर्घटना हुँदा मोटरसाईकलचालक ईटहरी४ का २६ बर्षीष धिरेन्द्र खत्रीको मृत्यु भएको हो ।
दुर्घटनमा परी गम्भीर घाईते भएका खत्रीको बिराटनगरको बिराट नर्सीङहोममा उपचारको क्रममा राती साँढे ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय वेलवारीले जनाएको छ । यसैगरी पाँचथरको हिलिहाङ गाउँपालिका ३ गोपेटारमा ट्याक्टरबाट लडेर १ जनाको मृत्यु भएको छ ।
सोमवार र कालापानीबाट गोपेटार आउँदै गरेको मे १ त ३३१४नम्बरको ट्याक्टरमा सवार रहेका याङवरक गाउँपालिका ५ का ४३ बर्षीय शिवलाल काङवाङ सोही ट्याक्टरबाट लडेर घाईते भएका थिए ।
घाईतेलाई उपचारको लागिपाथिभरा अस्पताल फिदिमलगिएकोमाउपचारको क्रममा राती १ बजे मृत्यु भएको जिल्लाप्रहरी कार्यालय पाँचथरले जनाएको छ ।