अनलाइन ठगी गर्ने ८ जना ६८ लाखसहित पक्राउ

१४ माघ, विराटनगर ।
अनलाइन सपिङको माध्यमबाट ठगी धन्दामा संलग्न एक समूहलाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले ६७ लाख ९९ सय हजार ७५० रुपैँया नगद, ३७ वटा एटीएम कार्ड, ५८ वटा चेकबुक लगायतका सामानसहित ८ जनालाई सार्वजनिक गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा नेपालका लिडर रहेका भनिएका मोरङ सुन्दरहरैँचा–३ का विशाल अर्याल भनिने निरन्जनप्रसाद आचार्य, खोटाङको जन्तेढुङ्गा–४ का २२ वर्षीय शिवजी खड्का, सोही ठाउँकी २० वर्षीय देवी चौलागाईँ, धरान–२० की २० वर्षीया भावना राई, धरान–५ की १९ वर्षीया सरिता परियार, सोही ठाउँकी २० वर्षीय सरिता कार्की, २३ वर्षीया सानु गौतम, २१ वर्षीया लक्ष्मी कार्की रहेका छन् ।

विशाल भन्ने निरन्जनप्रसाद आचार्य लगायतको समूहले बेस्ट बाई एप्पल स्टोर, बेस्ट इलेक्ट्रोनिक्स स्टोर सप होम, के मार्ट इलेक्ट्रोनिक्स लगायतका फेसबुक पेजहरुमा इलेक्ट्रोनिक्स आईटम र अनलाईन बिक्री गर्ने उद्धेश्यले सस्तो मुल्यमा महंगो सामान राखी निश्चित मुल्यमा डिल हुने विश्वास दिलाउने गर्दथे । जब ग्राहकले समान अर्डर गर्छन् तब ती ग्राहकले पैसा पठाउने खातावालाको खाता खोल्ने र ग्राहकलाई खातावालाको नाम र खाता नम्बर दिई पैसा उठाएर समान नपठाउने गरेको पाईएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले बताए । उनले अन्य व्यक्तिको कागजात फेला पारी खाता खोलेर रकम निकालिसकेपछि खाता बन्द गर्ने गरेको बताए ।

Advertisement

ठगीका उनीहरुले ७८ वटा नेपाली बैंक खाता र १४ वटा भारतीय बैंक खाता प्रयोग गर्ने गरेको खुलेको छ । महिलाको नामबाट बढी खाता खोलिएको पाईएको पनि उनले बताए । निरन्जन आचार्यले वर्षा कार्की, सानु गौतम, लक्ष्मी कार्की लगायतका महिलाहरु र उनीहरुको फोटो प्रयोग गरी विभिन्न व्यक्तिहरुको नागरिकताको प्रयोग गरी, उनीहरुको नाममा खाता खोली अनलाईनमा समान मगाउने मानिसलाई नाम र खाता नम्बर दिई पैसा हाल्न लगाउने गरेका थिए ।सो जम्मा भएको पैसा निकाल्न शिवजी खड्का, देवी चौलागाईँ, लगायतलाई प्रयोग गर्ने गरेका थिए । जम्मा भएको केही रकम विभिन्न भारतीय व्यक्तिको नाममा जम्मा गर्ने गरेको खुलेको एसपी अधिकारीको भनाई छ ।

Advertisement

यो ठगी धन्दाको लहरो भारतलगायतका देशमा फैलिएको प्रहरीको अनुमान छ । छत्रकुमारी धमलाले प्रयोग गर्ने बैंक खाता बन्द भएपश्चात बैंकमा गएर बुझ्दा महानगरीय अपराध महाशाखाले छत्रकुमारीले ठगी गरेको पत्र पठाएका कारण बैंक खाता बन्द भएको बुझिएको थियो । सचिन श्रेष्ठसमेतको जाहेरीमा खाताका आधारमा महानगरीय प्रहरी परिसरले धमलालाई प्रतिवादी बनाई जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको थियो । धमला कात्तिक २५ गते ५० हजार धरौटीमा छुटेकी थिइन् । उनको नाममा अर्कै व्यक्तिले नागरिकताको फोटोकपी फेला पारी एनआईसी एसिया विराटनगरमा खाता खोली , ९८४०६८६०७१ नम्बरको मोबाईल नम्बर लिएर चिठ्ठा पर्यो भन्दै खातामा पैसा पठाउन लगाएको खुलेको थियो । धमलाको खाता खोल्ने मानिसको खोजी गर्ने क्रममा पुस ३ गते विराटनगर–७ स्थित सिभिल बैंकमा शंकितरुपमा विभिन्न किसिमका एटीएम कार्ड प्रयोग गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शिवजी खड्कालाई पक्राउ गरेको थियो । त्यसपछि अन्य क्रमश पक्राउ पर्दै गएको एसपी अधिकारीले बताए ।

पक्राउ पर्ने व्यक्तिको खानतलासी गर्ने क्रममा रकम, एटीएम कार्ड, चेकबुक, मोबाईल, नेपाल सरकारको नक्कली छाप, भारतीय नम्बर प्लेटको मोटरसाईकल, प्रिन्टर, भारतीय आधारकार्ड, सिमकार्ड, ल्यापटप लगायतका सामग्री बरामद् गरिएको छ । यसमा अन्यको समेत संलग्नता रहेको आशंकामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि मुलुकी अपराध सहिता २०७४ अन्तर्गत ठगी मुद्दा, बैङ्किङ कसुर सम्बन्धि ऐन अन्तर्गत बैङ्किङ कसूर सम्बन्धि मुद्दा, सरकारी छाप कागजात दस्तखत किर्ते ,नागरिकता ऐन अन्तर्गत दोहोरो नागरिकता सम्बन्धि मुद्दा, संगठित अपराध निवारण ऐन २०७० बमोजिम मुद्दा मा अनुसन्धान भईरहेको छ । हालसम्म ६ जनाले ठगीमा परेको जाहेरी दिएको प्रहरीले जनाएको छ ।

https://www.facebook.com/nepaltimesnews/videos/531843524205165/?t=0

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top